म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले कतारमा रहेका चेलीलाई पहिलोपटक भब्य समारोहका बिच स्वागत सहित रमाईलो तिज कार्यक्रम सम्पन्न गरेको छ । रोजगार, पारीवारिक भेटघाट सहित विभिन्न कारणले जन्मभूमिबाट कतारमा पुगेका म्याग्दी सहित विभिन्न जिल्ला दिदीबहिनीलाई भब्य स्वागत सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

मोना कतार सांस्कृतिक विभाग, खेलकुद विभाग र बहुउद्देश्यीय अक्षयकोषको सहआयोजना र मोना कतारको मुल आयोजनामा तिज विशेष कार्यक्रम गरिएको कार्यक्रमका प्रमुख अतिथि मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाईलीले उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि रसाईलीले चाडपर्वमा कर्मभूमीमा यसरी कार्यक्रम गर्दा जन्मभूमिको झल्को मेटिने बताए । सोही अवसरमा मोना कतारका पूर्व अध्यक्ष बिक्रम कार्की,रमेश पौडेल,तिलु शर्मा पौडेल, सल्लाहकार मिनबहादुर कार्कीले कतारमा रहेका म्याग्देली सहित नेपालीसँग निरन्तर सम्पर्कमा रहने गरी मोनाले कार्यक्रम गर्ने गरेको बताए ।

मोनाले जन्मभूमिमा विभिन्न गतिविधि गदैं आएको अवस्थामा कतारमा रहेका म्याग्देलीलाई समेत कुनै किसिमको समस्या हुन नदिने विभिन्न समयमा रचनात्मक तथा भेटघाट कार्यक्रम गर्ने गरेको मोना कतारका अध्यक्ष नरेन्द्र फगामीले बताए ।‘समुन्द्रपारी पुगेका चेलीलाई पहिलोपटक भब्य समारोहका बिच स्वागत गर्ने अवसर मिल्यो,‘छोटो समयमा गरिएको कार्यक्रमममा उल्लेखनीय उपस्थिति थियो’अध्यक्ष फगामीले भने ।

निकै उत्साहजनक उपस्थिती रहेको कार्यक्रममा कलाकारहरुले सांस्कृतिक कार्यक्रमहरु समेत गरेका थिए । कार्यक्रममा बेनीको बजार नामक गितमार्फत जिल्लाका बारेमा जानकारी गराइएको ांस्कृतिक विभाग, खेलकुद विभागको संयोजक बाबुराम भण्डारीले बताए । कार्यक्रमको अध्यक्षता अध्यक्ष फगामी, स्वागत बरिष्ठ उपाध्यक्ष राजु पौडेल र सञ्चालन महासचिव अजय कुँवरले गरेका थिए । मोना कतार कतारमा रहेका नेपाली संघसंस्थाहरुमा निकै सक्रिय र नेपाली दुतावासबाट समेत प्रशंसा प्राप्त गरेको संस्था हो ।

Leave a Reply