म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको बहुउद्देश्यीय अक्षयकोषका एक ब्यवसायीले १ लाख आर्थिक सहयोग गरेका छन्। शिक्षा,स्वास्थ्य सहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरी स्थापना भएको अक्षय कोषमा कतारमा रहेका सफल नेपाली ब्यवसायीले पर्वत जिल्लाका अजय बिसीले सहयोग गरेको कोषका संयोजक एवम् मोना कतारका पूर्व अध्यक्ष बिक्रम कार्कीले बताए ।‘हामीलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको छ,‘यो अभियानलाई उचाईमा पुर्याउने लक्ष्य छ’संयोजक कार्कीले भने ।

मोना कतारले आयोजना गरेको नेपाली चेलीलाई स्वागत तथा तिज बिशेष कार्यक्रममा अतिथिको रुपमा उपस्थित ब्यवसायीबिसीले मोना कतारको गतिविधि र कतारमा रहेका नेपाली माझको लोकप्रियता लोभलाग्दो भएको बताए ।उनले मोना कतारका हरेक कार्यक्रमहरु प्रवासीको एकता र सहकार्यसँगै जन्मभूमीप्रतिको मायाँ झल्कने बताए । सोही अवसरमा मोना कतारका अध्यक्ष नरेन्द्र फगामीले अक्षयकोषलाई १ करोड पुर्याउने लक्ष्य रहेको बताए । मोना कतारले उक्त कोषमार्फत कतार तथा जन्मभूमि म्याग्दीमा विभिन्न रचनात्मक कार्य गर्ने जनाएको छ ।

Leave a Reply