राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निकट भविस्यमै म्याग्दीमा पार्टीले शक्ती प्रर्दशन सहित जिल्ला भेला गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार बागलुङमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गरी म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौरमा आएका अध्यक्ष लामिछानेले म्याग्दी जिल्लाका बारेमा धेरै किसिमले जानकार रहेकाले हतारमा भेला आयोजना नगर्ने बताए ।

‘म्याग्दी जिल्लामा दुईबर्ष अगाडी बाढीपहिरोस्थलमै पुगेर अवलोकन गरेको छु,‘यहाँका जनताहरुसँग विदेशमा पनि मैले धेरै समय विताएको छु’अध्यक्ष लामिछानेले भने ।रत्नेचौरमा रहेका शुभचिन्तक सहितको भेलामा अध्यक्ष लामिछानेले म्याग्दीलाई पर्यटनको क्षेत्रबाट चिनाउने अभियानमा पार्टी बाहेक बाहिरबाट पनि सहयोग गर्ने बताएको त्यहाँ रहेका भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताए ।

खत्रीले दिएको जानकारी अनुसार रत्नेचौरमा उनले खेलमैदान सहित आसपासका क्षेत्रमा पुगेका थिए । यसैबीच अध्यक्ष लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेमा विदेशी ऋण लिएर दुरुपयोग गर्ने तथा भ्रष्टाचारको फाइलहरु खोलेर जेल हाल्ने समेत बताएका थिए । देशमा बढ्दै गएको अराजकता हत्या हिंसा र बलात्कारका घटना बढ्दै जादा पनि बलात्कारीलाई दलीय संरक्षण दिएर जोगाउँनु दुःखद भएको उनको जिकिर थियो ।

म्याग्दी भेलामा पुनः एकपटक स्थानीय समुदायसँग समेत भेट्ने कार्यक्रम समेत तय गर्ने बाचा गरेको खत्रीले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको म्याग्दीमा अहिलेसम्म खुलेर कोही देखिएको छैन् । जिल्ला भेला अगाडी जिल्लाको समिति गठन गरिने पार्टीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न पार्टीमा आवद्ध रहेका यूवाहरु समेत आर्कषित रहेको दावी गरिएको छ ।

Leave a Reply