पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा म्याग्दीले तेक्वाण्तर्फ दुई स्वर्ण हात पारेको छ । शनिबार पोखरामा सम्पन्न भएको आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट खेलमा राजकुमार परियारले ८७ केजी मुनीको तौल समुह र सिचन्द्र बर्देवाले ७३ केजी तौल समुहमा स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

म्याग्दीका परियार मार्सलआर्ट खेलसँगै प्रशिक्षक समेत हुन् ।उनी मार्सलआर्ट विधा बाहेक कवड्डीका प्रशिक्षक समेत भएर पोखरामा गएका थिए । हरेक प्रतियोगितामा पदक विहिन हुने परियारले यसपटक राष्ट्रिय खेलमा समेत उपाधी जित्ने गरी तयारी गरिरहेको बताए ।

म्याग्दीले गण्डकी प्रदेशस्तरीय मार्सल आर्टको तेक्वाण्डो, कराँते र उसुमा स्वर्ण पदक सहित राम्रो प्रर्दशन गरेको छ । मार्सल आर्ट खेलमा म्याग्दी धौलागिरी भित्र बलियो र प्रदेशमा समेत शिर्ष स्थानमा रहेको छ । छोटो तयारी सहित म्याग्दीबाट प्रदेशस्तरीय विभिन्न खेलका लागि करिब २ सय खेलाडी छनौट भएका थिए । पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट भइरहेको छ ।

Leave a Reply