पहिलोपटक गण्डकी प्रदेशस्तरीय बक्सिङ खेलमा सहभागी भएको म्याग्दीले स्वर्ण पदक जितेको छ । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा ५१ केजी तौलसमुहमा धवलागिरी गाउँपालिका–६, की एलिना गर्बुजाले कास्कीकी सिमा गुरुङलाई पराजित गरेकी हुन् ।

म्याग्दीलाई बक्सिङ खेलबाट पहिलो स्वर्ण पदक दिलाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।‘बक्सिङ खेलमा म्याग्दीका लागि बाटो खुलेको छ,‘अब सम्झना लायकको इतिहास बन्छ’ अध्यक्ष केसीले बेनीअनलाइनलाई भने ।

उनले म्याग्दी जन्मिएर काठमाण्डौमा अध्ययनरत गर्बुजाले गण्डकी प्रदेशबाट राष्ट्रिय खेलकुदमा समेत सहभागी हुने बताए । खेलाडी गर्बुजासँग काठमाण्डौमा नियमित प्रशिक्षण सहित त्यहाँका बक्सिङ खेलमा सहभागी भएको अनुभव छ ।म्याग्दी जिल्लाबाट सहभागी भएका खेलाडीहरुमध्ये क्षेत्रीय तथा राष्ट्रियस्तरका खेलमा मार्सल आर्ट विधाका तेक्वान्दो, कराते, उसु खेलमा स्वर्ण सहितका पदक हात पारेको छ ।

यो विधाबाट गण्डकी प्रदेश हुदै छनौट भएका खेलाडीहरुबाट राष्ट्रिय खेलकुदमा समेत धेरै स्वर्णको आश गरिएको छ । म्याग्दीबाट विभिन्न खेलमा सहभागी २ सय खेलाडीमध्ये धेरै आशा गरिएका खेलमा मार्सलआर्ट विधा रहेको खेलकुद विकास समितिले जनाएको छ ।

Leave a Reply