राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको सामुदायिक विद्यालयतर्फ बेनी सामुदायिक मावि की छात्रा करुणा सापकोटाले प्रथम भएकी छन् । बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजामा सापकोटाले ३.४८ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ टप गरेकी छन् ।

मेधावी विद्यार्थी सापकोटाले सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए । ‘हामीले ४ जिपिएकै अनुमान गरेका थियौं, तैपनि यसपटक विद्यार्थीको नतिजा उत्साहजनक छ’ प्रअ श्रेष्ठले भने ।

उनका अनुसार सापकोटा कक्षा ८ देखि नै विद्यालयकी प्रथम छात्रा हुन् । उनले एसइईमा पनि ४ जिपिए ल्याएको प्रअ श्रेष्ठले बताए । विद्यालयबाट सहभागी मध्ये सापकोटा सहित ८ जनाले ३ जिपिए माथि ल्याएका छन भने ग्रेड वृद्धि गर्न नपर्ने अवस्थामा विद्यालयका सबै ७४ विद्यार्थी रहेका प्रअ श्रेष्ठको भनाई छ ।

यता सामुदायिक विद्यालयतर्फ प्रथम भएकी सापकोटाले भविस्यमा चार्टर्ड एकाउन्टेन्ट (सिए) बन्ने लक्ष्य सहित बिबिए वा विबिएसमार्फत अवको शैक्षिक यात्रालाई थप नतिजामुखी बनाउने बताईन् । सम्रग उत्र्तिणा प्रतिशत ५९.२ प्रतिशत रहेकाले यो प्रतिशत साविकको धौलागिरीभित्र नै उत्कृष्ट भएको दावी समेत विद्यालयले गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा भएको थियो ।

Leave a Reply