नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दीे महिला भलिबलले उपाधी जितेको छ ।पोखरामा जारी रहेको प्रदेश स्तरीय छनौट प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई २–१ को सेटमा पराजित गरेको हो ।पोखरा रंगशालामा भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । दुवै टिमले एक–एक सेट जितेपछि तेस्रो सेटमा म्याग्दीले कडा प्रतिस्पर्धाका बिच प्रदेश च्याम्पियन बन्न सफल भएको हो ।

अरुणा शाहीको नेतृत्वमा रहेको म्याग्दी प्रतियोगिता अवधिभर भएका खेलमा लगातार हाबी भएको थियो ।स्वर्ण पदक जितेको म्याग्दीले अब गण्डकी प्रदेशबाट राष्ट्रिय खेलकुदमा अरुणाको नेतृत्वमा सहभागी हुने छ । अरुणाले म्याग्दीको महिला भलिबलको नेतृत्व सम्हालेसँगै लगातार पश्चिमाञ्चलस्तरीय र सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा म्याग्दीलाई जिताउन सफल भएकी छन् ।

प्रदेशबाट समेत राष्ट्रिय खेलकुदमा अरुणाको कप्तानीमा उपाधी जित्ने गरेको मुख्य प्रशिक्षकको भूमिकामा तेजेन्द्र बानियाँले बताए । ‘महिला भलिबल सधै चम्किएको छ,‘अब राष्ट्रिय पदक पनि हामीले जित्छौ’ प्रशिक्षक बानियाँले भने। उनी लगातार तीनपटक म्याग्दीको टोलीबाट मुख्य प्रशिक्षकको भूमिकामा सहभागी भएका छन् ।

म्याग्दीको खेलाडीहरुमा कप्तान शाही सहित पवित्रा विसी, रेविना घर्ती, सस्मिता पुन, मनिषा तिलिजा, सृजना पाईजा, सजिना वुढाथोकी, एलिसा रोका, काजल छन्त्याल, वर्षा फगामी, निशा पाईजा र तुल कुमारी तिलिजा रहेका छन् । प्रदेशस्तरीय छनौट प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ बाहेक अन्य १० वटा जिल्लाका १० टिम सहभागी भएका थिए ।त्यस्तै क्षेत्रीय खेलाडी सुजन चोखालको कप्तानीमा रहेको पुरुष भलिबल भने शनिबार कास्कीसँग पराजित भएको छ ।

Leave a Reply