राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङदेन म्याग्दी आउने भएका छन् । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी राप्रपा म्याग्दीले आयोजना गरेको पहिलो चुनावी आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन भदौ २८ गते म्याग्दी आउन लागेका हुन् । पार्टी अध्यक्ष लिङदेनको प्रमुख आथित्यतामा हुने कार्यक्रमलाई भब्य बनाउन आवश्यक तयारी सुरु भएको राप्रपा बेनी नगर समितिका संयोजक देबेन्द्रबहादुर घिमिरेले बताए।

‘पार्टी प्रवेशलाई विशेष बनाउँदै छौ,‘तयारी सहित प्रचारप्रसारलाई तिब्रता दिएका छौ’ नगर अध्यक्ष घिमिरेले भने ।  आमसभा सहित प्रवेश कार्यक्रमका बारेमा जिल्लाका सबै स्थानीय तहका समितिले समेत थप तयारी गरिरहेको राप्रपाले जनाएको छ । यसैबीच पार्टीले महिला संगठन पुर्नगठन गरेको छ । संगठनको अध्यक्षमा बिन्दु मल्ल, सचिव मिना सापकोटा शर्मालाई चयन गरिएको छ । पूर्वमन्त्री एवम् केन्द्रिय सदस्य भिमप्रसाद गौचनकार्यवाहक अध्यक्ष जगतनारायण गौचन लगायतको उपस्थितीमा भएको कार्यक्रममा आक्रामक चुनावी तयारी गर्ने निर्णय समेत भएको छ ।

Leave a Reply