राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पर्वतको जलजला गाउँपालिका-४,का सन्दिप परियार उत्कृष्ट नतिजा ल्याएका छन् ।

जलजला-३ मल्लाजमा अवस्थित विद्याज्योती माविका विद्यार्थी परियारले पर्वतको निजी तथा सामुदायिक विद्यालयतर्फ ३.७१ जिपिए ल्याएर प्रथम भएका हुन् ।चरम गरिबीकै बाबजुत परियारले सर्वोत्कृष्ट नतिजा ल्याएको विद्यालयका प्रधानध्यापक रघुनाथ आचार्यले बताए ।

अनेक अभावका बावजुद पनि परियारले पढाईलाई निरन्तरता दिएकै कारण यो नतिजा आएको प्रअ आचार्यको भनाई छ । ‘यो नतिजाले हामीलाई उत्साहित बनाएको छ,‘हामीले सक्ने सहयोग निरन्तर गछौ’ प्रअ आचार्यले भने । विद्यालयका ब्यवस्थापन संकायका शिक्षक धुब्र रेग्मीले भविस्यमा सरकारी जागिरमा लाग्ने गरी परियारले मेहनत गरिरहेको बताए ।

उनले पढाईसँगै लोकसेवाको समेत तयारीमा जुटेकाले थप प्रोत्साहन आवश्यक रहेको बताए । बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजामा हालसम्म पर्वत र धौलागिरीमै विज्ञान संकाय बाहेकमा सर्वोत्कृष्ट रहेको विद्यालयले जनाएको छ ।

Leave a Reply