आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेको प्रदेशसभातर्फ २५ जनाले दावी गरेका छन् । नेकपा एमालेबाट प्रदेशसभा क्षेत्र (क)मा प्रत्यक्षतर्फको उमेद्वारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमुकमारी पु, शिवकुमार बरुवाल, प्रकाश पौडेल र बेलबहादुर चोखालले दावी पेश गर्नुभएको छ ।

समानुपातिकतर्फ बिष्णु गुरुङ, गणेशबहादुर बानिया, जिवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्बुजा र सिवानी ल्वागनले दावी गर्नुभएको छ । यसैगरी प्रदेशसभा क्षेत्र (ख)को प्रत्यक्षतर्फ एमालेका गण्डकी प्रदेश अध्यक्ष तथा संबिधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य रामचन्द्र गौतम, नेताहरु यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकाले दावी गर्नुभएको छ ।

समानुपातिकतर्फ खरमाया बिटालु, सिर्जना केसी, सिता गुरुङले दावी गर्नुभएको छ । प्रदेशसभाको क्षेत्रले सिफारिस गरेका, प्रतिनिधीसभाको प्रत्यक्ष र समानुपातिकका आकाक्षीहरुको नाम सोमबार बस्ने जिल्ला कमिटि बैठकमा पेश र छलफल हुने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले बताउनुभयो ।

Leave a Reply