नेपाली काङ्ग्रेस म्याग्दीले ‘जनताको साथमा काङ्ग्रेस’अभियान अन्तरगत आइतबार प्रदेशसभा ‘क’ अन्तरगत अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सुरु भएको अभियानमा सम्बोधन गदैं केन्द्रिय प्रतिनिधि एवम् पार्टीका केन्द्रिय सदस्य दिनेश कोइरालाले कम्यूनिष्टले छरेको भ्रम चिर्न र अघिल्लो निर्वाचनबाट प्राप्त जनमतको दुरुपयोग गरेको सन्देशलाई जनतालाई प्रष्ट पार्नुपर्ने बताएका थिए । उनले वर्तमान सरकार लोकतन्त्र र संविधानको रक्षाका लागि सक्रिय रहेकाले गठबन्धन भएमा इमान्दारिता पूर्वक सहकार्य गरी गठबन्धनलाई विजय बनाउनुपर्ने बताए ।

सभापति खम बहादुर गर्बुजा(खम्बिर)को अध्यक्षतामा भएको भेलामा बिशिष्ट अतिथि संविधानसभा सदस्य रेशम बहादुर बानियाँ, पुर्व सह–सभापति नेत्र बहादुर महत, उपसभापति हरिकुमार श्रेष्ठ, केबीभण्डारि, क्षेत्र ‘क’ सभापति ओम बहादुर छन्त्याल लगायत कार्यसमिति सदस्य,महाधिवेशन प्रतिनिधि, भातृ तथा सुभेच्छुक संस्थाको प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि लगायत अगुवा कार्यकर्ताको उपस्थिीति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव हिराबहादुर पुनले गरेका थिए ।

कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धी एवं समसामयिक विषयमा छलफल भएको थियो । भेलामा बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानका लागि जनताको घर–आँगनमा पुग्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरुबारे विविध ढंगले अन्तरक्रिया गर्ने गरी वडामा संयोजकहरु खटाइको कांग्रेसले जनाएको छ ।

Leave a Reply