प्रवासी नेपाली मञ्च मकाउको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सेमी भर्चुअल माध्यमबाट संचालन गरिएको अधिवेशनबाट उत्तम गुरुङको अध्यक्षतामा मञ्चको नयाँ कार्य समिति गठन भएको छ ।

मञ्चको उपाध्यक्षमा चिरञ्जीवि पौडेल, सचिवमा शालिक बगाले मगर, सहसचिवमा रामचन्द्र अर्याल र रोजन लामा चयन हुनुभएको छ । हर्कजंग गुरुङ् आर्थिक बिभाग प्रमुख रहको २१ सदस्यीय प्रवासी नेपाली मञ्च मकाउको नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको हो ।

अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराईले उद्घाटन गर्नुभएको थियो । त्यस्तै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश सभा सदस्य हिक्मत कुमार कार्की र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको विशेष आतिथ्यता रहेको थियो ।

उद्घाटन सत्रमा गैर आवसिय नेपाली संघ मकाउका अध्यक्ष राजेश प्रसाई, नेपाली जनसम्पर्क समिती मकाउका सभापति चण्डी कुमार योङ्हाङ, जनप्रगतिशील नेपाली मञ्च मकाउका अध्यक्ष सोनु पन्त, गैरआवासीय नेपाली संघ एसिया प्यासेफिक महिला संयोजक शान्ति देवी अधिकारी, हेल्पिग ह्याण्ड मकाउका दिपक थापा, प्रवासी नेपाली मन्च मकाउका सल्लाहाकार तथा सर्जक धुर्व प्रसाद अमगाईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रवासी नेपाली मञ्चको अध्यक्ष शिव थापाको अध्यक्षता, चिरञ्जीवि पौडेलको स्वागत र शालिकराम बगाले मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सस्थापक महासचिव उत्तम गुरुङ्ले समसामयिक बिषयमा आफ्नो धारणा राख्नु भएको थियो । अधिवेशनमा विभिन्न सामाजिक संघ सस्थाका आमन्त्रित प्रतिनिधिहरुका साथै मकाउमा रहनुभएका मञ्चका सदस्यहरु, समर्थक र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बन्द सत्रमा आर्थिक बिभागको तर्फबाट रामचन्द्र अर्यालले आर्थिक र अध्यक्ष शिव थापाले सांगठनिक प्रतिवेदन प्रतुत गर्नुभएको थियो । आर्थिक तथा सांगठनिक प्रतिबेदन सर्वसहमतले पारित भएको नवनिर्वाचित उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

निर्वाचित सम्पुर्ण कार्यसमिति सदस्यहरुलाई कार्यक्रमका प्रमुख अथिति नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास कमिटी ईन्चार्ज भट्टराईले सपथ ग्रहण गराउँदै बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना प्रकट गर्नुभएको थियो ।मकाउ सरकारले कोरोना महामारी बिरुद्ध लिएको नितिका कारण मकाउ बाहिरबाट कुनैपनी अतिथि उपस्थित गराउन नसकिएको कारणले अधिवेशन भर्चुअल माध्यमबाट आयोजना गरिएको मञ्चले जनाएको छ ।

Leave a Reply