उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भूरुङ तातोपानी बजारलाई सुरक्षित बनाउन सिसि क्यामरा र सडक बत्ती जडान गरिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने भुरुङ तातोपानी बजारको शान्ति सुरक्षाका लागि बजारका मुख्य–मुख्य चोकहरुमा २५ वटा सिसी क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको हो ।

दैनिक आउने पर्यटक र स्थानीयबासीको सुरक्षा र बजारभित्रका गतिविधिलाई अनुगमन गर्न सिसी क्यामेरा जडान गरिएको तातोपानी टोल सुधार समितिका सचिव अमृतमान शेरचनले बताउनुभयो ।

‘तातोपानी बजारलाई सुरक्षित गन्तब्य बनाउन चाहन्छौ,‘यहाँ अपराधिक गतिविधिको नियन्त्रण सहित बजार सुरक्षित भएको सन्देश प्रवाहमा सहज भएको छ’ अध्यक्ष शेरचनले भन्नुभयो ।उहाँका अनुसार नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाको पहलमा भौतिक पूर्वधार, शहरी विकास मन्त्रालय गण्डकी प्रदेश सरकारबाट १० लाख बजेटमा उक्त क्यामेरा जडान गरिएको हो । सिसी क्यामेराको कन्टोल रूपम इलाका प्रहरी कार्यालयमा रहेको छ ।

दैनिक सयौं पर्यटक आवातजावत गर्ने भुरुङ तातोपानीका स्थानीयले क्यामेरा जडानले सहज भएको बताएका छन् । क्यामेराको ब्याकअप भएकाले २४ सैं घण्टा सञ्चालन हुने र त्यसको रेकडिङ एक महिना सम्म रहने बताइएको छ । सिसि क्यामेरा जडानसँंगै शान्ति सुरक्षामा थप मद्दत पुग्ने बताइएको छ । यसैबीच क्यामेराको जडान बाहेक नियमित मर्मत सहितको पूर्वाधारका लागि समेत कोष बनाउने तयारी भइरहेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारमा जडान गरिएको क्यामेरा नियमित मर्मत सहित कोषको अभावका कारण अलपत्र परेको छ ।

Leave a Reply