प्राईम कमर्सियल बैंक बेनी शाखाले श्री कृष्ण गण्डकी ज्येष्ठ नागरिक आश्रम बेनीलाई आर्थिक सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदाहित्व अन्तरगत आश्रमको नियमित गतिविधिमा सहज हुने गरी २१ हजार ८ सय बराबरको कुर्ची खरिदका लागि चेक हस्तान्तरण गरेको छ।

बैंकका शाखा प्रबन्धक मुरारी रिजालले ज्येष्ठ नागरिक अनुभवका खानी भएको जीवनको लामो कालखण्डमा आरोह–अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गरेका बुवाआमाको सम्मानमा बैंकले सानो सहयोग गरेको बताउनुभयो । बैंकले ज्येष्ठ नागरिक, अपाङ, असायको सेवासुविधाका लागि सामाजिक सुरक्षा भत्ता समेत बैंकमार्फत उपलब्ध गराउने वडामै पुगेर वितरण गर्ने गरिएको जानकारी दिनुभयो ।

आगामी दिनमा पनि बैंकले वित्तिय सेवासँग सामाजिक कार्यमा समेत सहयोग गर्ने बताउनुभयो । सोही अवसरमा आश्रमका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, उपाध्यक्ष नैन कुमार श्रेष्ठले ज्येष्ठ नागरिकको अनुभव नयाँ पुस्ताका लागि अत्यन्तै अनुकरणीय हुने भएकाले निरन्तर सहयोग र सहकार्यमा प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

ज्येष्ठ नागरिकको जीवनलाई सहज र प्रभावकारी बनाउन वृद्धाश्रम नभई ज्येष्ठ नागरिकको सम्मान र सुखमय र जीवनलाई सम्मानित बनाउनुपर्नेमा जोड दिएको आश्रमका सदस्य एवम् शिवालय मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बिक्रम श्रेष्ठको भनाई छ ।

Leave a Reply