नेपाल पुस्तकालय संघको आगामी तीन वर्षे कार्यकालका लागि म्याग्दीका सन्तोष रावलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ । मंगलबार चितवनको सौराहमा सम्पन्न भएको १३ औ अधिवेशन १४ औं साधारणसभाबाट म्याग्दी पुस्तकालयका अध्यक्ष रावलको अध्यक्षतामा सर्वसम्मतिले कार्यसमिति चुनिएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा भरत खड्का, उपाध्यक्ष मिमकुमार रावत, भरत गिरी, सुजता बिष्ट, लीला भण्डारी, चेतकान्त भट्टराई, ज्ञानुराज विडारी, महासचिव राजेन्द्रप्रसाद पाण्डे, सचिव बालकृष्ण थपलिया, कोषाध्यक्ष सागर मिश्र रहनुभएको छ।

त्यसैगरी सदस्यहरुमा लवहरी दाहल, खड्ग नारायण चौधरी, गंगा ढकाल, माधब भण्डारी, गोविन्द शर्मा, प्रतिक्षा चौधरी, पुष्पराज चौधरी रहेको नवनिर्वाचित अध्यक्ष रावलले जानकारी दिनुभयो । ‘म्याग्दीले पुस्तकालय क्षेत्रको साझा संस्थाको नेतृत्व पाएको छ,‘मेरो कार्यकालमा पुस्तकालयको प्रयोगमा जोड दिन्छु’ अध्यक्ष रावलले भन्नुभयो ।

देशभरका पुस्तकालयलाई संघमा आबद्ध भएर पुस्तकमालय क्षेत्रको विकासमा जोडिन समेत अध्यक्ष रावलले अनुरोध गर्नुभएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ताकममा अवस्थित जिल्लाकै पूरानो पुस्तकालय अहिले प्रयोगविहिन अवस्थामा छ । त्यस्तै जिल्लाका अन्य पुराना पुस्तकालयको प्रयोग, ब्यवस्थापन हुन सकेको छैन् । संघ २०३६ सालदेखि क्रियाशिल यो पुस्तकालय संघ अन्तराष्टिय पुस्तकालय संघ (इफला) तथा साउथ एशिया क्षेत्रीय पुस्तकालय संघ (रेफसाला) को पनि सदस्य हो ।

 

Leave a Reply