जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीको प्रकाश माविमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार विहान प्रकाश माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरि प्रशिक्षण कार्यक्रम गरिएको हो ।

विद्यालयमा अध्ययनरत करिव ११० जना विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन ढकालले प्रशिक्षण दिनुभएको थियो । बाल अधिकार, बालबालिका विरुद्ध हुने अपराध र सो अपराध गरे वापत हुने कानूनी सजाय सम्वन्धी विषयमा सहजीकरण गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सामाजिक रुपमा हुने बालबालिका सम्बन्धी घटनाहरुका बारेमा विद्यार्थीहरुलाई सचेत गराउँदा त्यसले समाजमा सकरात्मक प्रभाव पार्ने हुँदा विद्यालयहरुमा यस्ता गतिविधिहरु संचालन गर्न थालिएको प्रहरी निरिक्षक ढकालले बताउनुभयो ।

बाल अपराधका घटना न्युनिकरण गर्नका लागि घरमा अभिभावक र विद्यालयमा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने हुँदा अभिभावकहरुले आफ्नो बच्चाको ख्याल राख्नु पर्ने ढकालको भनाई थियो । जिल्ला प्रहरी कार्यालयले विद्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारिक तथा कानुनी ज्ञान प्राप्त भएको विद्यालयका प्रधानाध्यापक लेख बहादुर हमालले बताउनुभयो ।

यसैगरि समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नै जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्वर ४ खाम्लाका स्थानीयबासीहरुलाई लागु औसध सम्वन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ ।मंगलबार प्रहरी चौकी ताकमबाट प्रहरी सहायक निरिक्षक यम बहादुर थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले खाम्लाका स्थानीयलाई भेला गराई कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply