म्याग्दी सहितका जिल्लामा रहेका प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको लागु औषध अफिम (ब्राउन सुगर) ठुलो परिमाणमा कारोवारीमा संलग्नलाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ । धौलागिरी भित्रका चार जिल्लामा रहेका प्रयोगकर्तालाई लक्षित गरी ल्याइदै गरेको गोप्य सूचनाको आधारमा म्याग्दीका प्रयोगकर्ता र कारोबारीलाई लागु औषध बिक्री गर्ने गरेको प्रहरीको आशंका छ ।

म्याग्दीमा प्रहरीले नियन्त्रणमा लिएका प्रयोगकर्ता र कारोबारीले समेत पर्वत आसपासका क्षेत्र लागुऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको बताएपछि प्रहरीले कडाई गरेपछि छिमेकी राष्ट्र भारतको सिमा क्षेत्र जोगवनी, रक्सौलबाट ‘बडी फिटिङ’, मोटरसाईकल, सार्वजनिक यातायातका साधन र सीमा क्षेत्रबाट पैदलयात्रामार्फ लागुऔषध ल्याउने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।

म्याग्दीमा विगतमा सार्वजनिक सवारीसाधनबाटै ल्याइएको लागुऔषध बरामत भएपनि अहिले कारोबारीले नयाँ–नयाँ उपाय लगाएर कारोवार चलाएका छन् । म्याग्दी प्रहरीले लागु औषधका प्रयोगकर्ताको खोजीलाई निरन्तरता दिदैं आवश्यकता अनुसार छड्के चेकजाँच समेत गर्ने गरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।‘

लागु औषध नियन्त्रणमा गोप्य रूपमै अभियान सञ्चालन गरेका छौ,‘प्रयोगकर्तामार्फत कारोबारीसम्म पुग्ने गरी निरन्तर सक्रिय छौ’ प्रनाउ भारतीले भने ।सहरदेखि ग्रामिण क्षेत्रसम्म लागुऔषध र लागु पर्दाथको सेवनकर्ताको जालो तोड्ने गरी प्रहरीले समुदायसँग समेत सहकार्य गरी काम गरिरहेको छ । म्याग्दीमा प्रयोगकर्ताको संख्या बढेपनि कारोबारी र प्रयोगकर्ताले नयाँ शैलीको प्रयोग गर्ने गरेको बताइन्छ ।

प्रहरीले कडाई गर्न थालेपछि म्याग्दी प्रवेश गर्ने नाकामा प्रयोगकर्ताले स्थानको पहिचान गरी त्यहाँ लगेर राखिदिने, मोबाईल बैंकिङको माध्यमबाट भुक्तानी गर्ने र प्रयोगकर्ताले राखिएको स्थानबाट ल्याएर प्रयोग गर्ने सम्मको नयाँ शैलीको प्रयोग समेत गरेको भेटिएको छ। प्रयोगकर्ता र कारोबारीले ’सुरक्षित ठाउँ पहिचान गरेर तस्वीर सामाजिक सञ्जालबाट इनबक्समा पठाउने गरेको समेत भेटिएको छ ।

उक्त कार्यमा प्रयोगकर्ताले प्रहरीको फन्दामा परिने जोखिमले निश्चित शुल्क तिरेर भरियालाई समेत प्रयोग गर्ने गरेको छ । लागु औषधका प्रयोगकर्ताको नयाँ शैलीलाई पच्छाउन प्रहरीलाई समेत हम्मेहम्मे परेको अवस्थामा प्रहरीको परामर्श पाएका युवाहरूको सूचनाका आधारमा लागुऔषधका कारोबारीहरूलाई पनि कारबाही गर्न सफल भएको प्रहरीले जनाएको छ ।

 

 

Leave a Reply