छिमेकी जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ तेताङको प्याङ लेकमा बम पड्किएर घाइते भएका म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ का तेजेन्द्र रोकामगर र दिलिप रोकामगरको उपचारमा मोना मलेसियाले आर्थिक सहयोग गरेको छ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि मोना मलेसियाले संकलन गरेको कुल ६२ हजार ४६७ घाईते तेजेन्द्र रोका र दिलिप रोकालाई हस्तान्तरण गरिएको मोना मलेसियाका सहसचिव केश रोका मगरले बताउनुभयो । उक्त रकम पीडितलाई हस्तान्तरण गरिएको छ । मलेसियामा रहेका म्याग्देलीको साझा संस्था मोनामार्फत सहयोग जुटाउन पहल गर्ने सम्पूर्णलाई अध्यक्ष पुरण बहादुर शाहीले धन्यवाद दिनुभएको छ ।

जिम्बु टिप्न बन्दोबस्तीका सामाना लिएर मुस्ताङको लेकमा पुगेको अवस्थामा शंकास्पद वस्तु पड्किएको चार जना घाईते भएकोमा घाईतेद्धय तेजेन्द्र र दिलिपको अवस्था गम्भीर भएपछि हाल किर्तीपुर अस्पतालमा लगिएको छ । शरीरभरी चोट लागेको अवस्थामा उपचारमा थप आर्थिक समस्या भएपछि दुर्दशन मुनज्योती यूवा क्लव पात्ले लगायत विभिन्न संघसंस्थामार्फत सहयोगको अपिल गरिएको थियो ।

जिम्बु खोज्ने क्रममा शंकास्पद वस्तु पड्किएर घाइते भएकामध्ये तेजेन्द्रको दुबैतर्फको हातको औलामा क्षति पुगेको थियो । उनको बाँयातर्फको हातको ३ वटा औला सहित शरीर र अनुहारमा चोट छ ।

Leave a Reply