---Advertisement---

बेरोजगारीको अन्त्य गर्न नारच्याङमा रोजगार परामर्श तथा समन्वय केन्द्र स्थापना

On: September 7, 2022 12:34 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४,नारच्याङले गाउँमै काम गर्नसक्ने गरी रोजगार परामर्श तथा समन्वय केन्द्रको स्थापना गरेको छ । गरिबी र बेरोजगारीको अन्त्य गर्न दीर्घकालीन रोजगारी सिर्जना गर्ने उद्देश्यले स्वरोजगारमूलक तालिम लिएर बसेकालाई रोजगारी दिलाउने केन्द्रको स्थापना गरिएको हो ।

नारच्याङमा कृषि, पशुपालन, वाईरिङ, डाईभिङ, भौतिक निर्माण निर्माण, बैदेशिक रोजगारीमा गएर फर्किएकाहरूको अनुभव भएकाहरूलाई वडाभित्र नै रोजगारी दिने गरी केन्द्रको स्थापना गरिएको वडा सदस्य श्याम पूर्जाले बताउनुभयो ।‘अनुभवीलाई सिधै रोजगार, इच्छुकलाई तालिम समेत दिने योजना छ’ वडा सदस्य पुर्जाले भन्नुभयो ।

वडाभित्र निर्माणधिन अवस्थामा रहेको जलविद्युत आयोजना सहित अन्य विभिन्न आयोजनाहरूलाई समेत केन्द्रमा रोजगार दिन सहज हुने गरी केन्द्रको स्थापना गरिएको कार्यवाहक अध्यक्ष भिमबहादुर शेरपुञ्जाले बताउनुभयो ।

‘वडाभित्र बिवरण संकलन गदैंछौ,‘अब अनुभव भएकालाई हातमै रोजगार दिने योजना छ’ शेरपुञ्जाले भन्नुभयो । वडाभित्र दर्जनको हाराहारीमा जलविद्युत आयोजना भएकाले स्थानीयलाई केन्द्रबाट सहज हुने गरी स्पष्ट नीति निर्माण गरी सहकार्य गर्ने जनप्रतिनिधिको भनाई छ ।

वडाले स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाई उपलब्ध स्रोत र साधनको परिचालनमा समेत जोड दिएको छ । म्याग्दीका स्थानीय तहमा उद्यमशीलता तथा स्वरोजगारिता प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन भएपनि तालिम लिएर घरमै बस्ने, एउटै ब्यक्तिले पहुँचको आधारमा फरक फरक तालिम लिएपनि रोजगारमुलक कार्यक्रमलाई बेवास्ता गर्ने गरेको पाइन्छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।