म्याग्दीमा मैत्रीपूर्ण फुटबल खेल सहितका कार्यक्रम गरी १९औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने यस वर्षको नाराका साथ मनाइएको हो । सदरमुकाम बेनीमा कर्मचारी मिलन केन्द्रको आयोजनमा बेनी नगरपालिका सहितका जनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

मैत्रीपूर्ण फुटबलमा जनप्रतिनिधिलाई कर्मचारीले १ का बिरुद्ध ३ गोल प्रहार गरेका थिए ।प्रतियोगिताको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना,बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने सहित वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, विभिन्न सरकारी कार्यालयमा प्रमुखको उपस्थिीति रहेको थियो ।

कर्मचारी मिलनकेन्द्रका अध्यक्ष मनोज रानाभाट लगायतले कर्मचारी र जनप्रतिनिधि बिचको सहकार्यबाट जिल्लाको हितमा काम गर्न सकिने बताउँदै सेवाग्राहीको करबाट तलबभत्ता बुझ्ने सबै कर्मचारीले सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिनुपर्नेमा बताइएको थियो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।

Leave a Reply