सारंगीबादक हेमन्त कान्छा रसाइलीको बेलायतमा एकल सारंगी साँझ हुने भएको छ । मोना यूकेको निमन्त्रणमा चार महिनादेखि बेलायतमै रहेका रसाइलीको लण्डनको अल्डरसटस्थित एम्पाएर हलमा शनिबार सारंगी साँझ हुने भएको हो ।

म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट मठ्ठडाँडामा जन्मिएका रसाइलीले सारंगीको संरक्षणको उद्देश्यले कार्यक्रम गर्न लागिएको बताउनुभएको छ ।‘मैले यहाँ नेपालको सारंगीलाई चिनाउने प्रयासमा छु, सबै नेपालीले साथ र सहयोग दिनुभएको छ’ रसाईलीले भन्नुभयो ।

मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा आफूले धुन भरेका चर्चित गीत सारंगीमार्फत सुनाउने रसाईलीको भनाई छ। यूकेको भ्रमणको क्रममा मोना यूके सहित म्याग्दीका विभिन्न गाउँपालिका सहित नेपालका विभिन्न जिल्लाबाट गएकाहरुले सञ्चालन गरेको क्लव, रेष्टुरेन्ट, संघसंस्थामा समेत प्रस्तुती दिइसकेको अवस्थामा अवको कार्यक्रम थप भब्य हुने बताइएको छ ।

रसाइलीले हालसम्म १२ हजार बढी गीतमा सारंगीको धुन भरेका छन् । उनी आफैं गायक समेत हुन् । कार्यक्रममा रसाइलीलाई गायिका विमला श्रीष र गीता पाइजा मगरले साथ दिनेछन् ।

 

Leave a Reply