म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८÷०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ वटा जिल्ला अस्पतालहरु मध्ये बेनी अस्पताल म्याग्दीले ७८ अंक सहित प्रथम स्थान हासिल गर्न सफल भएको अस्पताल प्रमुख डा. जितेन्द्र कँडेलले बताउनुभयो ।

’धेरै अभाव छ, यो उपलब्धी सबैको कठोर मेहनतबाट प्राप्त भएको हो’ डा. कँडेलले भन्नुभयो । उहाँका अनुसार १५ सूचकमा न्यूनतम सेवा मापदण्ड,अस्पतालको रेकर्डिङ, थप सेवा नागरिक वडापत्र, विपद् प्रतिकार्य योजना, प्रसुती सेवाको अवस्था, नियमित समिक्षा, समुदायस्तरमा सेवा विस्तार लगायतका सूचकमा बेनी अस्पतालले १ सय पूर्णाङ्कमा ७८ ल्याएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण तथा निर्माणधिन ५० सैयाको अस्पताल अलपत्र पर्दा समेत अस्थायी संरचनाबाट दिइरहेको सेवा, विभिन्न यूनिट तथा सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्ने संरचनमा समेत बेनी अस्पतालले गरेको प्रयोगबाट मुल्याङ्नमा सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

‘यो नतिजालाई निरन्तरता दिने प्रयासमा छौ,‘भवन बनेमा धेरै सहज हुन्छ’ अध्यक्ष सुबेदीले भन्नुभयो । नतिजा संगै अस्पतालबाट आगामी दिनहरुमा दिईने सेवा प्रवाहमा थप उत्पेरणा, हौसला प्राप्त हुनुका साथै थप जिम्मेवार र उत्तरदायित्व बोध भएको अस्पतालले जनाएको छ । बेनी अस्पतालमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका र पश्चिम बागलुङका नागरिकहरुले समेत स्वास्थ्य उपचार सेवा लिँदै आएका छन् ।

Leave a Reply