---Advertisement---

निजामति सेवा दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

On: September 7, 2022 10:02 PM
Follow Us:

निजामति सेवा दिवसको अवसरमा म्याग्दीको धवलागिरि गाउँपालिकाले हेम माविमा सञ्चालिन नमुना आवासिय माविको छात्रावासमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण तथा छात्रावासका कर्मचारहिरुलाई सम्मान गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगर, वडा अध्यक्ष अशोक खत्री, कार्यपालिका सदस्य नर कुमारी बुढाथोकी लगायतले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो ।

उक्त अवसरमा आवासीय माविको छात्रावासमा रहेका ३० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण र तीन जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पुनले यस छात्रावासलाई थप व्यवस्थित बनाउँदै नमुना आवासीय माविको समग्र व्यवस्थापनमा गाउँपालिकाले रचनात्मक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुनले भौगोलिक विकटताको कारण विद्यालय जान धेरै समय लाग्ने ठाउँका विद्यार्थीहरुलाई लक्षित गरि सञ्चालित नमुना आवासिय माविको प्रभाबकारीता बढाउन र व्यवस्थापनलाई नुमना बनाउन विद्यालय, स्थानीयबासी र गाउँपालिका सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत रिजालले शैक्षिक सामाग्रीले विद्यार्थीहरुको शिक्षण सिकाई र शैक्षिक उन्नतीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्रीको स्वागत र प्रा.स. ख्यामराज सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न कार्यक्रममा विद्यालयका प्रअ शेरबहादुर केसीले विद्यालय र छात्रावासको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।