आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाली काङ्ग्रेस म्याग्दीले जिल्लाको ४५ वटै वडामा ‘जनताको साथमा काङ्ग्रेस’ अभियानलाई तिब्रता दिएको छ । जिल्लाका सबै पालिकास्तरीका कार्यक्रम सकेपछि वडा स्तरमा कार्यक्रम सुरु भएको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

‘वडाबाट आएको रिर्पोटबाट थप योजना सहित अगाडी बढ्छौ,‘जागरण अभियान सकिएपछि थप योजना सहित जान्छौ’ सचिव पुनले भन्नुभयो । जिल्लाका ४५ वडामा पदाधिकारी, कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिकास्तरीय समितिबाट प्रशिक्षण, बैठक तथा चुनावी रणनीति बनाउने काम भइरहेको छ । भदौ २४ गते अभियान सकिने र २५ गतेभित्र हरेक संयोजकले जिल्लामा प्रतिवेदन प्रस्ततु गरेपछि अर्को चरणको अभियान सञ्चालन गरिने छ ।

वडास्तरीय अभियानमा कम्तिमा एक वडामा संयोजक सहितका टोली दुई दिन दुई रात विताउनुपर्ने, वडाभित्रका गतिविधिका बारेमा जानकारी लिन, सुझाव लिने,आवश्यकता, पार्टीको कमजोर पक्ष र तत्काल सम्भव भएका सुधार सहितका गतिविधि, वडाका जनप्रतिनिधि, क्रियासिल सदस्यहरुबाट जानकारी लिने लगायतका कार्यहरु गर्नुपर्ने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । बुधबारसम्म करिब २५ देखि ३० वडामा कार्यक्रम सम्पन्न भएको छ ।

Leave a Reply