राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीको सभापतिमा रत्नेचौरका गणेश ब महत (जित) लाई चयन गरेको छ । पार्टीको प्रारम्भीक भेलाबाट उपसभापति रुद्ध किसान,सचिव कल्पना खत्री रहेको छ ।

सदस्यहरूमा सपना खत्री बानियाँ, इश्वर केसी, विदुर सापकोटा, योगेश बोगटी, दिलकुमारी खत्री, निश्चित केसी, सिर्जना भण्डारी केसी, सुरज खड्का, गणेश किसान, दिपक किसान, बेलबहादुर केसी रहेको पार्टीका सदस्य डा.हरि केसीले जानकारी दिनुभयो । पार्टी सभापति बेनपा–१,रत्नेचौरका महत नेपाली सेनाका जागिरे हुदाँहुदै द्धन्द्धकालमा निरन्तर धम्की र विस्थापनमा परेका थिए ।त्यस्तै सचिव मंगला गाउँपालिका–१ की खत्री राजनीतिक रुपमा स्वतन्त्र हुनुहन्छ ।

प्रारम्भीक भेलाबाट चयन समितिले जिल्लामा प्रथम भेला सहितको नयाँ कार्यसमिति चयन, स्थानीय तहमा संगठन विस्तार लगायतका योजना बनाउने बताइएको छ । जिल्ला सचिव खत्रीले जिल्ला भेलालाई सम्बोधन गर्न आउने तयारी गरिएको बताउनुभयो । बागलुङ भेलामा आउनुभएका सभापति लामिछानेले रत्नेचौरमा आएका शुभचिन्तक सहित पार्टीको सदस्यता लिने टोलीसँग छलफल र योजना बनाउनुभएको थियो ।

सबै वडाहरुमा संगठन बिस्तार गरि पालिका अधिवेशन गर्ने र पुनः नेतृत्व चयन गरिने पार्टीले जनाएको छ । पार्टी नेपाल र स्वतन्त्र विचार समूह बाहेक विभिन्न राजनीतिक दल परित्याग गरी पार्टीमा आवद्ध हुन समेत जिल्लाको संयोजनकर्ता डा. केसीको भनाई छ । लामो समय पत्रकारिता क्षेत्रमा रहेका केन्द्रिय सभापति लामिछानेको स्वच्छ र सक्रियतालाई दलमार्फत देशको नेतृत्वमा पुर्याउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले जनाएको छ ।

Leave a Reply