जिल्ला प्रहरी कार्यालय म्याग्दीले स्कुले बालबालिकालाई कानुनी ज्ञान र अपराध न्यूनिकरणको अभियानमा जोड्ने अभियान सुरू गरेको छ । समुदायमा हुने हरेक अपराधिक गतिविधिको न्यूनिकरण, कानुनी सजाय र सूचनाका बारेमा विद्यालयमै पुगेर प्रहरीले विद्यार्थीलाई सचेत बनाउने गरेको हो ।

यसैक्रममा बिहिबार जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा मुक्तिधाम माध्यमिक विद्यालयको कक्षा ८–१० अध्ययनरत गर्ने बाल बालिकाको अधिकार, बालबालिका विरुद्ध हुने अपराध र सो अपराध गरे वापत हुने कानूनी सजाय सम्बन्धी विषयमा प्रहरी निरीक्षक राजन ढकालले सचेतनामुलक जानकारी गराएका थिए ।

पछिल्लो समय बालबालिकामाथि हुने विभिन्न किसिमका हिंसाजन्य गतिविधिलाई निस्तेज बनाउन तथा समाजका हरेक गतिविधिमा बालबालिकाको सहयोग समेत मिल्ने गरी विद्यालयमा कार्यक्रम गरिएको निरिक्षक ढकालले बताए । समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा ६२ जना विद्यार्थीको उपस्थिीति रहेको थियो ।

बाल अपराधका घटना न्युनिकरण गर्नका लागि घरमा अभिभावक र विद्यालयमा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने हुँदा अभिभावकहरु समेत उत्साहित छन् । प्रहरीले जिल्लाका सबै स्थानीय तहका विद्यालयहरुमा अभियान सञ्चालन गर्ने जनाएको छ । विद्यालयमार्फत सञ्चालन हुने सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दा समुदायमा समेत प्रत्यक्ष सकारात्मक सन्देश प्रवाह हुने भएकाले प्रहरीले विद्यार्थीलाई समेत अभियानमा जोड्ने कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

Leave a Reply