नेपालीमा एउटा चर्चित उखान नै छ ’कही नभएको जात्रा हाडी गाउँमा । यो भनाईसँग ठाक्कै नमिलेपनि म्याग्दीमा अत्यावश्यक सेवा इन्टरनेट कम्पनी बिचको सेवामा विस्तारमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले काही नभएको इन्टरनेटको सेवा म्याग्दीमा भन्न मिल्ने भएको छ ।

सेवाग्राहीलाई गुणस्तरीय सेवा विस्तारभन्दा पनि लुकिछिपी अर्काको इन्टरनेटको तार काट्ने, डिभाईस नै चोरी गर्ने, सेवा प्रवाहमा असहयोग गर्ने जस्ता गतिविधिले इन्टरनेट सेवाप्रदायक संस्थाले सास्ती खेप्नुपरेको छ । म्याग्दीकालि सञ्चार सहकारी संस्थाबाट सञ्चालन भइरहेको पेखरा इन्टरनेटको पर्वतको जलजला गाउँपालिकामा फाइबर तार र मंगलाघाटमा डिभाईस नै चोरी भएको पोखरा इन्टरनेटका प्रमुख प्राविधिक सुमन जिसीले बताए ।

‘हाम्रो तार काट्ने र डिभाईस चोरीमा संलग्न इन्टरनेट सेवामै कार्यरत हुन्,‘प्रमाण पुगेको छैन, ज्ञान भएकैले यो काम गरिरहेको छ’ प्राविधिक जिसीले भने । उनले फाइबर काटेर, डिभाईस चोरी गरेर प्रतिस्पर्धा गर्नेहरुलाई गुणस्तरीय इन्टरनेट सेवाबाटै प्रतिस्पर्धा गर्न समेत उनले अनुरोध गरेका छन् । यो संगै करिब १४ पटकसम्म इन्टरनेट सेवा अवरुद्ध गर्ने गरी चोरी भएको उनले बताए ।

उनले पछिल्लो घटनामा संलग्नको खोजीकार्य भइरहेको र इन्टरनेट समेत सुचारु भइसकेको बताए । इन्टरनेट सेवाको तार काटिदिएको अवस्थामा लामो समयसम्म खोजीकार्य गरिएपनि आवश्यक प्रमाणहरु जुटाउने प्रयास भइरहेको प्राविधिकहरुको भनाई छ । आम जनताको पहुँचमा इन्टरनेट सेवा पुराउने उद्देश्यले काम गरे पटकपटक अवरुद्ध हुने गरेको जानकारी प्रहरीलाई समेत गराइएको छ । म्याग्दीमा विभिन्न ७ वटा कम्पनीले इन्टरनेट सेवा दिइरहेका छन् ।

 

Leave a Reply