जिल्ला प्रहरी कार्यालय बागलुङले ठुलो परिणाममा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गाको चेकपोस्टमा चेकजाँच गर्ने क्रममा २ जना युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इन्द्रबहादुर रानाले बताए ।

काठमाडौंबाट बागलुङ तर्फ जाँदै गरेको बा ३ ख ९११२ नम्बरको माइक्रोबसमा चेकजाँच गर्ने क्रममा उक्त बसका सह-चालक गोरखा जिल्ला पालुङटार नगरपालिका-६ का १८ वर्षीय कृष्ण नेपालीको साथमा रहेको कालो रङ्गको झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा Tramadol ५८ पत्तामा(५७८ क्यापसुल), Nitrazepam लेखेको १ पत्ता (९ क्यापसुल), गाँजाको धुलो २५ ग्राम समेत फेला पारेको रानाले बताए ।

पक्राउ परेका नेपाली उपर थप अनुसन्धान गर्दा उक्त लागू औषध लिनकालागि कुरिरहेको अवस्थामा बागलुङ नगरपालिका वडा नम्बर-९, तित्याङका वर्ष १९ का अमृत परियारलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ परेका दुवैजना उपर जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो ।पछिल्ला वर्षहरूमा किशोरावस्थाका बालबालिकाहरुमा लागूऔषधको प्रयोग बढ्दो देखिएकाले प्रहरीले सुष्म अनुसन्धान सहित जनचेतनामूलक कार्यक्रम अगाडि बढाइरहेको प्रमुख ज्ञवालीले बताए ।

Leave a Reply