म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँ तुसारेपानी निवासी मुक्ति रोकाले वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई एउटा मिठो गीत अपर्ण गरेका छन्।

हाल अष्ट्रेलियामा रहेका रोकाले गायक धर्मेन्द्र शेवानको स्वरमा सजिएको ‘तिमीलाई नदेख्दा’ काठमाडौंमा सार्बजनिक गरिएको हो । मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष, मोना अन्तराष्ट्रियका निर्वतमान कोषाध्यक्ष एवम् विभिन्न सामाजिक संघसंस्थामा कार्यरत रोकाले समाजसेवासँगै गितसंगीतको क्षेत्र समेत आफ्नो रुची भएको बताए ।

कोभिड–१९ का कारण नेपालबाट अष्ट्रेलिया फर्कंदा १५ दिन क्वारेन्टाइनमा बस्दा परिवारको सम्झना आइरह्दाँ यो गीत लेखेको रचनाकार रोकाको भनाई छ । गीत सार्वजनिक कार्यक्रमको सुरुमा गायक शेवानले लाइभ प्रस्तुति दिएका थिए।

गायक धर्मेन्द्रकै संगीत रहेको गीतको म्युजिक भिडियो पनि सुन्दर छ। छेवाङ लामाको निर्देशनमा बनेको भिडियोमा आकाश श्रेष्ठ र एलिसा राईले अभिनय गरेका छन्।

कार्यक्रममा कलाकार रिमा विश्वकर्मा, एलिशा राई, सन्दीप क्षेत्री, सुवानी मोक्तान, सुगम पोखरेल र रोशन भट्टराईले ‘तिमीलाई नदेख्दा’ गीतको प्रशंसा गरेका थिए।विगत २२ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका रोकाले स्वर्गीय मातापिताको स्मृतिमा कुहुँमा अक्षयकोषमार्फत विपन्नलाई सहयोग तथा विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।

Leave a Reply