बेनी नगरपालिका–४,मा अवस्थित तातोपानी बजारमा रहेका घरको कोठापिच्छे अहिले ग्यास चुल्हो छ । म्याग्दी सहित विभिन्न जिल्लाबाट प्राकृतिक उपचारस्थल मानिएको कुण्डमा स्नान गर्न आउने बिरामीको सहजताका लागि कोठामा रहेको ग्यास चुल्होले खाना पकाउन सजिलो र सरल बनाइदिएको भएपनि कोठापिच्छे राखिएको ग्यास चुल्हो जोखिमरहित भने छैन्।

कुण्डमा स्नान गर्न आउने विरामीले प्रयोग गर्ने ग्याँस सिलिन्डरकै कारणबजार क्षेत्रलाई नै जोखिम हुने भन्दै स्थानीयबासी सहितको सरोकारवाला निकायको उपस्थितिमा भएको एक भेलाले कोठापिच्छे ग्यास सिलिण्डर नराख्ने निर्णय गरेको होटल ब्यवसायी सिता घलेले बताउनुभयो ।

‘ग्याँसको प्रयोगमा हेलचेक्राई हुदाँ थप जोखिम हुने भएकाले उक्त निर्णय गरिएको हो,‘बिरामीलाई मर्का नपर्ने गरी निर्णय भएको छ’ब्यवसायी घलेले भन्नुभयो । ग्यास चुल्हो खाना बनाउनका लागि छिटो र छरितो माध्याम त हो ।

तर, यसको प्रयोगमा गरिने थोरै मात्र असावधानी ठूलो जोखिम बन्न सक्छ भन्ने भन्दै स्थानीय ब्यवसायीले कोठामा बसेर हुने खर्च भन्दा होटलबाट सेवा दिने जनाएको छ। बेलाबेलामा ग्याँस लिक हुदाँ समस्या भएपछि उक्त निर्णय गरिएको जनाइएको छ ।

भेलामा तातोपानी प्रहरी चौकीका इन्र्चाज रमेश अधिकारी कुण्ड ब्पवस्थापन समिति, स्थानीय ब्यवसायी लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो ।

उक्त भेलाको निर्णय अनुसार असोज १ गतेदेखि उक्त निर्णय लागु हुने छ । यता उक्त निर्णय सबै स्थान गर्न आउने बिरामीका लागि ब्यवहारिक नहुने भन्दै आवश्यकता अनुसार निर्णय गर्न बताइएको छ। बिरामी, अशक्त तथा होटलको सेवा नलिने समेत नियमित स्नानका लागि जाने गर्छन् ।

तातोपानी कुण्डमा स्नान गरेपछि ग्यास्टिक, बाथ, युरिकएसिड, हाडजोर्नी दुख्ने, सड्केको, मर्किएको, घाउ, खटिरा, नशासम्बन्धी लगाएत विभिन्न रोग निको हुने जनविश्वासले बर्षेनी २० हजार विरामी उपचारका लागि आउने गर्दछन् ।

Leave a Reply