शुक्रवार राती परेको वर्षापछि आएको पहिरोले क्षति पु¥याएपछि म्याग्दी सदरमुकाम बेनीबजारलाई वितरण गरिएको बेनी खानेपानी आपुर्ति बन्द भएको छ । पहिरोले ट्याड्ढीबाट उपभोक्ताको घरमा वितरण पाईपलाईनमा क्ष्ँति पु¥याएको छ । पहिरोले बेनी खानेपानी उपभोक्ता संस्थाको बराहपाखो स्थित कलेक्सन, पानी फिल्टर गर्ने स्लो स्याण्ड ट्याड्ढी र वितरण गर्ने रिर्जवयर ट्याड्ढी भत्कन सक्ने जोखिममा छन ।

पानी संञ्चालन हुन कम्तीमा दुई दिन लाग्ने बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । योजनाबाट सदरमुकाम बेनीका वडा नं ७ र ८ का ९ सय ३० घरधुरीका २० हजार जनसंख्यालाई २४ सै घन्टा श्वस्च्छ र सफा खानेपानी पु¥याउ“दै आएको थियो ।

‘पहिरोले रिजर्वयर ट्याङ्कीबाट उपभोक्तालाई वितरण गरेको पाईप लाईनमा क्षति पुगेको छ । एक लाख क्षमताको स्लो स्याण्ड ट्याड्ढी जोखिममा छ’ बेनी खानेपानी उपभोक्ता संस्थाका मुख्य पानी मिस्त्री राजेश पाण्डेले भने, ‘पानीलाई तल्लो स्लो स्याण्ड र रिजर्वयर ट्याड्ढीमा नहाली सोझै वितरण लाईनमा जोड्ने र पानी आपूर्ति सहज बनाउन लागेका छौं ।’

मनसुनका तीन महिना ट्याङ्कीदेखी मुहानसम्म ८ किलोमिटर लामो लाईनमा कहीं न कहीं बाढी र पहिरोले क्ष्ँति पुर्याउने गरेको छ । बेनीमा ल्याएका दुई वटा पाईपलाईन मध्य पुराना पाईपलाई अधिकांश क्ष्ँेत्रमा जमिनमुनी भएकोले बाढीपहिरोले कम क्ष्ँति गरिरहेको छ । तर नया“ पाईपलाईन भने जमिनमाथी रहेकोले पहिरो र माथीबाट ढुङ्गा खसेर पनि भा“च्ने÷फुटाउने गर्दा धेरै क्षति पुग्ने गरेको छ ।

मुलको सफा र शुद्ध खानेपानी आपूर्ति गर्न अन्नपूर्ण गाउ“पालिका, ८ काफलडा“डाको पुम्दिखोलाको मुलबाट १८ बर्षअघि एशियाली विकास बैंकबाट ऋण लिएर १८ किलोमिटर लामो पाईपबाट पानी ल्याई ३२ लिटर प्रति सेकेण्ड पानी वितरण गर्दै आएका थियो ।

Leave a Reply