म्याग्दीको बेनी नगरपालिका-६, आर्थिक अभावकै कारण लगाउने कपडा किन्न नसक्ने गरीब, बिपन्न परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले कपडा बैंक खोलेको छ ।

वडाभित्र विपन्न र गरिबलाई पहिलो प्राथमिकता दिएर स्थापना गरिएको बैंकमा कपडा संकलन सुरु भएको वडा अध्यक्ष कृष्णसिङ बानियाँले बताउनुभयो । ‘हामीले कपडा संकलन सुरू गरेका छौ,‘वठाभित्र बर्षमा एकपटक मुस्किलले कपडा किन्न सक्ने धेरै छन, उहाँहरुलाई नै लक्षित गरी सुरु गरेका छौ’ वडा अध्यक्ष बानियाँले भन्नुभयो ।

वडाभित्रका असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने गरी वडाभित्र अस्थायी रुपमा कपडा संकलन सुरु गरिएको छ ।वडाभित्रका बासिन्दालाई पहिलो प्राथमिकता दिइएको उक्त बैंकमा उपलब्ध गराउनेहरुले सफा लुगा दिनुपर्ने छ ।

विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन जिकिंदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट ब्यहोनु नपरोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको वडाले जनाएको छ । कपडा बैंकमा आफुँले नै कपडा उपलब्ध गराउन सकिने वा सोही बराबरको आर्थिक दिएर सहयोग गर्न सकिने जनाइएको छ । यसअगाडी बेनी नगरपालिका वडा नं ७ ले कपडा बैंक स्थापना गरी कपडा संकलन सुरु गरिसकेको छ ।

 

Leave a Reply