लोकप्रिय गायक प्रकाश दुतराजको ‘ठै बरा पिरती’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । संगीतका पारखीको रोजाईमा रहेका दुतराजले क्रियटिम मिडिया प्रडक्सनबाट सार्वजनिक गरेको गीतको शब्द नहकुल ढकाल रहेको छ भने छायाङ्कन, सम्पादन र निर्देशन भुपेन बानियाँको रहेको छ ।

मायाँ पिरतीसँग सम्बन्धित गीतलाई यूटुव र टिकटकमा समेत रुचाउन थालिएको छ । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको पछिल्लो समय निकै लोकप्रियता कमाइरहेका छन् । उनका हरेक गीत बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा झुण्डिएको छ । यूवापुस्ताको रोजाईमा परेका दुतराजको हरेक गीतमा मौलिकता झल्किने गर्छ। उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन्।

पछिल्लो समय देशविदेशका कार्यक्रममा समेत अफरै अफर पाएका साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले नै लामो समयसम्म जिब्रोमा भुण्डिने गरेको छ । उनका गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि धेरै हुन्छ । उनले तयार पारेका गीत करिब एक दर्जन गीतहरूमा मानवीय भेदभाव, समाज,संस्कार र संस्कृति पक्षलाई प्राथमिकता दिने गरेका छन् ।

Leave a Reply