अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आगलागी पिडितलाई लायन्स क्लव दरबाङको सहयोग

On: September 11, 2022 9:24 AM
Follow Us:

म्याग्दीको मालीका गाउँपालिका ७ बिमको अण्टवाङको आगलागी पिडितलाई लायन्स क्लव अफ बेनी दरबाङले सहयोग गरेको छ। आगोलागीमा जलेर नष्ट भएपछि समबहादुर दर्जीको परिवारलाई १४ हजार बराबरको खाद्यान्न सहितको साम्रागी सहयोग गरिएको लायन्स क्लव अफ दरबाङका अध्यक्ष थमन गौतमले बताउनुभयो ।

आगोलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात लगायतको धनमाल जलेर नष्ट भएपछि पीडितलाई समस्या भएकाले सहयोग गरिएको क्लवले जनाएको छ । आगोलागीबाट घर जलेर नष्ट भएपछि छिमेकीको आश्रय मा बसरेका दर्जी परिवारमा ८ जना छन् । आगोलागी पिडितलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र गाउँपालीका मार्फत राहतको व्यवस्था समेत मिलाउने पहल भइरहेको छ ।