शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले १२ स्थानमा परेको छ।

बेनी नगरपालिका वडा नं ७ सदरमुकाम बेनी बजारमा अवस्थित विद्यालयले ८७.८१ अङ्क प्राप्त गरेको छ । केन्द्रले गरेको कार्यसम्पादनमा बेनी सामुदायिक उत्कृष्टभित्र परेको विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले बताए। ‘यो म्याग्दी जिल्लाकै लागी सुखद् खवर हो,‘हामीले गरेको सामुहिक प्रयासको सफलता हो’प्रअ श्रेष्ठले भने ।

केन्द्रले मितब्यी, पारदर्शिकता, सहभागीता, प्रभावकारीता, सन्तुष्ट,नेतृत्व,ब्यवस्थापन, निष्पक्षता तथा समता,सर्वसुलभता लगायतका मापदण्डमा विद्यालयको नतिजा उत्कृष्ट आएको छ । केन्द्रको कार्यसम्पादन परीक्षण टोलीले म्याग्दीको निजी विद्यालय सहित अन्य सरकारी निकायका विद्यालयको निरीक्षणमा अधिकांस समान्य र केही मध्यम रहेको समेत सार्वजनिक गरेको छ । बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट विद्यालयको सम्मान प्राप्त गरेको विद्यालयमा हालसम्म देशभरका १ सय ३१ विद्यालयले सामुहिक तथा ५७२ विद्यालयका प्रअहरुले समेत भ्रमण गरेका छन् ।

एसइइको श्रेणीगत नतिजा, तिनबर्ष भित्रको एसएलसी उत्र्तिणा प्रतिशत, विद्यालय स्तरिकरण (भौतिक पुर्वाधार, मानविय स्रोत), कक्षा ९ मा भर्ना भएका विद्यार्थीको संख्या र एसएसलीमा उत्र्तिणा संख्या र चालु एसएलसी उत्र्तिणा प्रतिशत, अंग्रेजी माध्यमबाट अध्ययन, आन्तरिक स्रोतको प्रयोग, अभिभावको निगरानी, सिकाई उपलब्धी, कक्षाकोठा सजावट, शिक्षक र अभिभावक विचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सिसी क्यामेराको जडान लगायत विभिन्न गतिविधिलाई डिजिलट माध्यमबाट प्रस्तुत गरिने जस्ता गतिविधिलाई सिकेर प्रयोगमा समेत ल्याएका छन् ।

२०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो ।२०६३ साल देखी माध्यामिक तहको परिक्षामा सहभागिता जनाएको विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ । जिल्लामा शैक्षिक भ्रमणमा आउनेलाई जिल्लाका पर्यटकीयस्थलका बारेमा समेत जानकारी गराउने गरिएको छ

Leave a Reply