नेपाली कांग्रेस निकट पेशागत संगठन नेपाल शिक्षक संघले पहिलोपटक वडास्तरमा संगठन विस्तार गरेको छ । शिक्षक संघ बेनी नगरको अगुवाईमा बेनपा–१, रत्नेचौरमा तिलाराम थापा मगरको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा चन्द्रा गिरी, सचिव इन्द्रजित ठाकुर, अर्थ सचिव कविता थापा आले मगर, सहसचिव विष्णुकुमारी श्रेष्ठ प्रधान, सहसचिव रमिता घिमिरे रहेका छन् ।

त्यसैगरी समितिको सदस्यहरूमा गौरी घर्ती थापा मगर, सुमित्रा बानियाँ, सुलोचना बोगटी खत्री रहेको शिक्षक संघ बेनी नगर समितिले जनाएको छ । भेलाका प्रमुख अतिथि नेपाल शिक्षक संघ म्याग्दीका निर्वतमान अध्यक्ष दुर्गाराम सुबेदीले शिक्षकहरु संगठित भएर पेशागत सुरक्षासँगै शैक्षिक गुणस्तर बृद्धिका अभियानमा समेत नियमित सम्वाद र सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक विचारसँग नजिक भएपनि शिक्षकको पहिलो र अन्तिम लक्ष्य नै गुणस्तरीय शिक्षा भएको बताउनुभयो । भेलामा नेपाल शिक्षक संघ नगर समितिका सभापति एकेन्द्र महत सहितको उपस्थिती रहेको थियो ।

Leave a Reply