---Advertisement---

जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई सहयोग

On: September 12, 2022 11:32 AM
Follow Us:

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा सामाजिक एवम् मानवीय सेवामा सधै सक्रिय भूमिकामा रहन एक राजनीतिज्ञ एवम् शैक्षिक ब्यक्तित्वले अभिभावविहिन बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाउनुभएको छ।

नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुबेदीले जन्मदिनको अवसरमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग गर्नुभएको संगठनका सचिव सन्दिप खत्रीले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा सुबेदीले हरेक बर्ष जन्मदिनमा आफ्नो खुशी असहाय अपाङ्घ तथा चरम गरिबीसँग जुधेका बालबालिकालाई सहयोग गरी मनाउने बताउनुभयो । उहाँले आफुँले अभिभावकविहिन बालबालिकालाईको शिक्षादीक्षा सहित आवश्यकता परेको बेलामा जन्मदिन बाहेक पनि हरेक समयमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने गरेको सुबेदीको भनाई छ ।