पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैद्य उत्खनन् गरिएको नदीजन्य बस्तुको जफत गरी लिलामबिक्रीको प्रक्रियाका लागि अनुगमन गरेको छ ।

ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएको नदीजन्य बस्तुको आवश्यक प्रक्रिया पुरा गरी जफत गर्न जलजला गाउँपालिकाले सरोकारवालाहरुको सहयोगमासोमबार नापजाच गरेको हो ।

पर्वतको वारी बेनी देखि डम्मु खोलासम्म कालीगण्डकी नदीमा अवैध रुपमा उपकरण प्रयोग गरेर नदीको किनारमा थुपारिएको बालुको लिलाविक्रिको लागि नापजाच गरेको जलजला गाउँपलिका उपाध्यक्ष एवम् अनुमगन टोलीका संयोजक दिपक आचार्य, (आकाश)ले बताए ।

‘रातारात उत्खनन् गरिएको बस्तुलाई जफत गछौ,‘अब थप कडाई गर्ने गरी अगाडी बढेका छौ’ उपाध्यक्ष आचार्यले भने । साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्यांकन विपरित उत्खनन् गरिएको बालुवालाई लिलाम विक्रि गराउन गाउँपालिका उपाध्यक्ष दिपक आचर्य , जिसस र पालिका ईन्जिनियर, सुरक्षाकर्मी लगायतको उपस्थितमा किनारमा थुपारिएको नदीजन्यबस्तु नापजाच गरिएको थियो ।

गाउँपालिकाको उपाध्यक्ष नेतृत्वमा तयारी पारिएको प्रतिवेदनलाई कार्यपालिकाको छलफलबाट लिलाम विक्रिका लागि प्रक्रिया अघि बढाउने बताइएको छ ।गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजरहरु शिल गरिएको थियो ।

बर्षातको समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै ब्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्ने बेच्ने गरेका छन् । यता क्रसर ब्यवसायीले समेत विना टेन्डर गाउँपालिकाले रसिदबाट आम्दानी गर्न खोजेकोमा प्रतिवाद गर्दा अनावश्यक दःुख दिएको बताएका छन् ।

गाउँपालिका अध्यक्ष राजु आचार्यले कानुनभन्दा माथि कोही नहुने भएकाले राज्यको निति नियमलाई कार्यान्वयन निर्देशन दिएका छन् । म्याग्दी, पर्वत, बागलुङ क्षेत्र हुदै बग्ने कालिगण्डकीको दुबैतर्फ नदीजन्यबस्तुको उत्खनन् बढीरहेको छ । माथिल्लो निकायको संरक्षणमा ठेक्का नलागेको ठाउँमा उपकरण प्रयोग गरेर अवैध रुपमा बालुवा उत्खनन्लाई रोक्न माग गरेका छन् ।
तस्वीर सौजन्य धिरन खत्री

Leave a Reply