पर्वत जिल्लाको कारागारभित्रका कैदीहरुलाई पुस्तक उपलब्ध गराइएको छ । युवा लेखक तथा पत्रकार लोकनाथ भुसालले कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि केही पुस्तकहरु उपलब्ध गराएका हुन् । कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि भनेर पुस्तकहरु उपलब्ध गराउनु सह्रानिय काम भएको पर्वत कारागारकी शाखा अधिकृत तथा जेलर शिला श्रेष्ठले बताउनुभयो ।

शिक्षित ब्यक्तिहरु जस्तोसुकै समस्याहरुसँग सामना गर्न सक्छन् त्यसैले शिक्षित हुनका लागि सर्वप्रथम त अध्ययनशील हुन आवस्यक रहेको छ । अध्ययनशील हुनका लागि सर्वप्रथम पुस्तकहरुलाई नै प्रेम गर्नुपर्ने जेलर श्रेष्ठको भनाई रहेको थियो । कैद भुक्तान गरिरहँदा अध्ययनका लागि भनेर साहित्य सँगै जीवन उपयोगी किताबहरु कारागारलाई उपलब्ध गराइएको लोकनाथ भुसाल “घायलश्री”ले बतानुभयो ।

“पछिल्लो समय पठन संस्कृति हराउँदै गएको छ । किताव र पत्रपत्रिकाहरुका पाठकहरु घट्दै गएका छन् । फेसबुक र टिकटक हेरेर मान्छेहरु धरणा बनाउने गर्दछन्” भुसालले भन्नुभयो । कारागारभन्दा बाहिर ठूलो संसार रहेको र त्यलाई पुस्तकले मात्र चिनाउन सक्ने भन्दै थप ज्ञानआर्जनका साथै खाली समय व्यतित गर्न कैदीबन्दीहरुलाई सहज हुने भुसालको धारणा थियो ।

भुसाल ज्योतिष तथा वास्तु विज्ञानको क्षेत्रमा काम गर्दछन् । सोमबार कारगारमै पुगि सााहित्य सम्बन्धि पुस्तकहरुसँगै प्रेरणादायक, जीवनोपयोगी पुस्तकहरु उपलब्ध गराइएको पर्वत कारागारका नायब सुब्बा सुमन गौडेलले बताए । पढाइमा रुची जगाउन सबैभन्दा पहिले साहित्यिक पुस्तकहरु अध्ययन गर्न आवस्यक छ । साहित्य सम्वन्धि पुस्तकहरुको अध्ययनले विचारलाई सक्षम त बनाउँछ नै, समाजमा विद्यमान कुरिती र कुसंस्कार हटाउन समेत सहयोग पुराउने गौडेलको धारण रहेको थियो । भुसालले साना ठूला गरेर ८४ थान पुस्तकहरु उपलब्ध गराएका हुन् ।

Leave a Reply