म्याग्दीको सदरमुकाम बेनीबजारमा मासुको खपत अत्याधिक हुन्छ । बेनीबजार तथा आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गरी बेनी नगरपालिका-२,हाडेभिरमा नगरपालिकाकै सक्रियतामा बधशाला बनाइएको छ । मासुका पारखीहरुको रोजाई अनुसारको परिका बनाउने सजिलो हुने भएकाले बजार क्षेत्रमा राँगा र भैसी मासुको खपत धेरै हुन्छ । तर, बजार नजिकै रहेको बधशालामा भने भैसी र राँगाको परीक्षण नगरी खुलेआम बिक्री गर्ने गरिएको छ ।

पशु बधशाला र मासु जाँच ऐन ०५५ तथा नियमावली ०५६ मा पशु काट्नुअघि र काटेपछि मासु जाँच्नुपर्छ प्रावधान भएपनि बेनी नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा तोकिएको दरबन्दी नहुदाँ बधस्थलमा ल्याइएका पशुलाई निरोगी पहिचान नगरी बधशालामा काटेर सिधै बेच्ने ठाउँमा लैजाने गरिन्छ । पशु चिकित्सकको दरबन्दी नहुदाँ र नगरपालिकाले समेत ब्यवस्थापन गर्न नसक्दा वध गर्नुअघि पशु रोगी, निरोगी हेर्न गरिएको छैन् ।

पशु प्राविधिकका अनु्सार सदरमुकाम बेनीमा जिल्ला बाहिरबाट आउनेको ठाउँ–ठाउँमा परीक्षण हुने भएपनि जिल्लाभित्रका ग्रामिण क्षेत्रबाट रातारात ल्याएर बध गर्ने गरिएको छ।कम्तिमा सवारीसाधन वा पदैलमार्गबाट बधस्थलमा ल्याइएको पशुचौपायालाई २४ घण्टासम्म विश्राम,दानापानी र तौल लिएर स्वास्थ्य परिक्षण गर्नुपर्छ । बधस्थलमा नगरपालिका तथा पशु विज्ञ केन्द्रका प्राविधिकको नजर नै पुग्दैन् ।

बेनीको बधस्थल आसपासका क्षेत्रमा दुर्गन्ध अत्याधिक छ । बधस्थल नजिकै खच्चड समेत राख्ने गरिन्छ। मासु काट्ने आसपासका क्षेत्रमा खच्चडको समेत गोठले समेत थप संक्रमणको जोखिम बढाएको छ भने बधशालामा राँगा तथा भैसी काटेपछि निस्कने हाड, छाला, लादी आदिको व्यवस्थापन नहुँदा मंगलाघाट तथा आसपासका क्षेत्रका बस्ने बासिन्दासम्म दुर्गन्ध पुग्ने गरेको छ ।

काटिएको पशुको स्वास्थ्य, काट्ने ठाउँ,मासु काटिसकेपछि भण्डार लगायतमा कमजोरी भएपनि बधशालामा काट्ने ठाउँमा भने पानीले पखाल्ने गरिएको छ । बधशालाको अवलोकनको क्रममा त्यहाँ एउटा राँगो र बाँकी अधिकांस थारा भैसी रहेकाले सस्तोमा भैसी ल्याएर महँगोमा बिक्री गर्ने गरेको पाइएको छ ।

म्याग्दीको ग्रामिण क्षेत्रमा दुग्धपालक कृषकको संख्या ह्वात्तै बढेपछि दुध नदिने धारा भैसीलाई मासुको लाािग बिक्री गर्ने गरेकाले बधस्थलमा भैसीको संख्या धेरै हुने गरेको छ । ग्रामिण क्षेत्रबाट मासुका लागि थारा भैंसीसमेत व्यापारीहरूले किन्न थालेपछि किसानहरूले भैंसी नै पाल्न छोडेका छन्।

’तै चुप मै चुप’ किन ?

बधस्थल नजिकै तीन गोठमा बधका लागि ल्याइएको भैंसी छ। बधस्थल नजिकै खच्चडका लागि समेत संरचना छ। बधशालामा राँगा तथा भैसी काटेपछि निस्कने हाड, छाला, लादी आदिले दुर्गन्ध फैलिएको छ । आम उपभोक्ताहरुलाई स्वच्छ र सफा मासु खुवाउनका लागि सुरक्षित स्थानमा लगेर वध गर्न सुरु गरेको प्रचारप्रसार गरिएपनि उक्त ठाउँ उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको पाइएको अवस्थामा सरोकारवाला निकाय समेत ’तै चुप मै चुप’ को अवस्थामा छन् ।

बधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो। बधशालामा भुइँ र भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्बल वा टायल राखिएको छैन, बध गरेपछि रगत छरपष्ट देखिन्छ । फोहोर पानी निकास सिधै म्याग्दी नदीमा जान्छ, पानी शुद्धीकरण नगरेको, मार हान्ने औजार व्यवस्थाप,बधयोग्य भए÷नभएको परीक्षण नगरेको र भैंसीराँगा बध गरेपछि आएका फोहोरलाई उचित व्यवस्थापन नगरिएको देखिन्छ । मापदण्डभित्र रहेर सञ्चालन गर्न अहिलेसम्म दिइएको निर्देशन पालनै भएको छैन् ।

 

 

Leave a Reply