सशस्त्र द्वन्द्वकालमा घाईते भएका म्याग्दीका सुरेन्द्र खत्री र कृष्णलाल श्रेष्ठ यूद्धमा दुबै पक्षबाट भोगेको पीडाको कथा बोकेर कर्णाली र सुदूरपश्चिमको यात्रामा छन्।

माओवादीको जनयूद्धमा प्रभाव रहेको जिल्ला मानिने कालिकोट, अछाम,डोटी र सुर्खेत जिल्लामा प्रर्दशनी गरिएको ‘युद्धका जीवित स्मृतिहरू’ नामक फोटो कथामा बालबालिकादेखि बृद्धबृद्धालाई बेनी नगरपालिका–८,पिपलचोकका श्रेष्ठले २०६० चैत ७ र ८ गते बेनीआक्रमणमा आफुँले भोगेको पीडा र फेरिएको जिन्दगीले नयाँ मोडका बारेमा सुनाउँछन्।

सुरक्षाकर्मी र माओवादीबीच भिडन्तमा खुट्टाको आधा भाग गुमाएका ६७ वर्षीय कृष्णलालले नयाँ पुस्तालाई कथा जस्तै लाग्ने भिडन्तका बारेमा सुन्नेको घुईचो लाग्छ ।

जिल्ला अदालतका कार्यालय कर्मचारी कृष्णलालले ड्युटीमा रहेको अवस्थामा चैत्र ७ राती ११ बजेतिर सुरु भएको भिडन्त ८ गते शौचालय जाँदै गर्दा तीनवटा गोली लागेपछि कार्यालयको मूल ढोकामै ढलें, गोलीले ढलेका कृष्णलाल बमको छर्राले खुट्टा पनि गुमाए । बेनी भिडन्तले कृष्णलालको जिन्दगी भूमरीमा फस्यो ।

तीन महिनाको उपचारपछि कृत्रिम खुट्टा राखेर उनी अहिले नयाँ पुस्तालाई द्वन्द्वकालका घटनामा सर्वसाधारणले भोगेको नमिठो कथा मनभारी बनाएर पोख्छन् ।अपांगता, द्वन्द्वपिडित भएकाहरूको राष्ट्रिय सञ्जालको अध्यक्ष सुरेन्द्र खत्रीले समेत सशस्त्र द्वन्द्व समाप्तिपछि २०६३ असार १२ गते बाख्रा चराउन गोठालो गए। जंगलमा एउटा प्लास्टिकमा बेरेर छाडिएको वस्तु खेलौना सम्झेर चलाउँदा पड्किएर गम्भीर घाईते भए ।

उपचारका क्रममा मेरा दुवै हातका नाडीमुनिको भाग काटेपछि उनको सपना खोलामा पानी बगेजस्तै गरी बग्यो भने जिन्दगीका नमिठो संघर्षका यात्रा सुरू भए । दुवै हात गुमाउँदा संसार नै सकिएको अनुभव गरिरहेका पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरका खत्रीले सञ्जालको अध्यक्ष भएर तत्कालिन समयमा राज्य र विद्रोही कुनै पक्षमा नलागेर पीडित बनाइएका नागरिकको पीडा र माग सहितकथा र फोटो बोकेर कर्णाली र सुदूरपश्चिम यात्रामा छन्।

कर्णालीका सुर्खेत र कालिकोटसँगै सुदूरपश्चिमकाअछाम,डोटी,डडेल्धुरा, कञ्चनपुर हुँदै कैलालीसम्म पुगेर प्रर्दशनी सकेपछि सुदूरपश्चिमस्तरीय भेला सम्पन्न गरी फर्किने अध्यक्ष खत्रीले बताए।‘नयाँ पुस्तालाई कथा जस्तै लाग्ने रहेछ,‘यो यात्रा देशका सबै प्रदेशमा पुग्छ’ अध्यक्ष खत्रीले भने ।

उनले माओवादीले १० बर्षे यूद्धमा गरेका नौ ओटा जिल्ला सदरमुकाम आक्रमणमध्ये सैन्यवल र व्यापकताको दृष्टिले सबैभन्दा ठूलो बेनी आक्रमण भएकाले बेनीका बारेमा धेरैले चासो राख्ने गरेको बताए । सुरेन्द्र र कृष्णलाल आफुँजस्तै १४ फोटो कथा बोकेर कर्णालीको यात्राको अब डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्ला बाँकी छ ।

प्रदर्शनीमा भोगेका पीडा र समस्या, राज्यप्रतिका गुनासा र घटना विवरण शब्द, चित्र र अडियोमार्फत सुनाउने गरिएको छ । राज्य र विद्रोही पक्षबाट खुसी लुटिएपनि हिम्मत जुटाएर समाजमा संघर्ष गरेर जिउन सक्छन् भन्ने सन्देश दिन फोटो कथा प्रदर्शनी सफल भएको बताए । अपाङ्ग संघ म्याग्दीका सचिव सहित विभिन्न अपाङ्ता भएका संघसंस्थामा आवद्ध रहेका सञ्जालका अध्यक्ष खत्रीले यसअगाडी उक्त प्रर्दशनी गृह जिल्ला म्याग्दी सहित देशका २० जिल्लामा देखाइसकेका छन् ।

Leave a Reply