????????????????????????????????????

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको परिवर्तन र विकासका लागि भन्दै बषौंदेखि ठूला भनिएका दलले जनतालाई ठगेको बताएका छन् । राप्रपा म्याग्दीले आज म्याग्दी सदरमुकाम बेनी आयोजना गरेको पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलहरुबाट मुलुकको विकास र समृद्धि सम्भव नभएकाले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मत खेर नफाल्न समेत अनुरोध गरे । ‘

ठूला दलले जनताको नाममा लुटेका छन्,‘उनीहरुबाट अव देशमा परिवर्तन सम्भव छैन’ अध्यक्ष लिङ्देनले भने । ‘मुलुकमा भष्टाचार र अनियमितता मौलाउँदो छ, ठूला पार्टीका नेता र सरकार सञ्चालनमा गएकाहरुले देश बर्बाद बनाउँदैछन्’ लिङ्देनले भने । उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि मुलुकको आर्थिक घाटा बढाएर आर्थिक रुपमा कमजोर बनाउनेहरुलाई अनुसन्धान गरिने बताए ।

तीन दशक सम्म पटक पटक अवसर पाउँदा समेत मुलुक बनाउन नसक्ने र असफल भएका व्यक्तिहरुलाई मतदान गरि बर्षौसम्म पछुताउन नहुने उनको भनाई छ । अध्यक्ष लिङदेनले मुलुकमा हिन्दुराष्ट्र सहित अभिभावकिय भूमिकामा राजसंस्था र कार्यकार्य प्रधानमन्त्री जनताबाट निर्वाचित हुने व्यवस्थाको खाँचो रहेको बताए । उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना गर्ने समेत घोषणा गरेका छन्।

नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका लागि आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा राप्रपा सबैभन्दा ठुलो दल भएपछि पहिलो निर्णय नै नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना हुने उनले भनाई थियो । राप्रपाले अहिलेको गठबन्धन सहित नेकपा एमालेलाई विस्थापित गदैं सिर्जनात्मक तरिकाले देशको विकासको जिम्मा लिने राप्रपाका नेताहरुको भनाई थियो । राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पंचमान गुरुङ, गण्डकी प्रदेश सचिव बरुणबिक्रम राणा, प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगत गौचनले बोलेका थिए ।

राप्रपा नेता एवम् पूर्वराज्य मन्त्री भिमप्रसाद गौचनले आफ्नो पालामा गरेको विकास अझैपनि जनताले प्रयोग गरिरहेको बताए राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष जगतनारायण गौचनको स्वागत र सचिब हरिप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।सोही अवसरमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र परित्याग गरी राप्रपामा प्रवेश गरेका थिए ।

Leave a Reply