म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौरमा अवस्थित मंगला शिक्षा क्याम्पसको पुस्तकालयलाई एक ब्यक्तीले ४० थान पुस्तक सहयोग गरेका छन् । मंगला-२ बावियाचौर घर भई यूकेमा रहेका निशान्त परियारले करिब १९ हजार ५७५ रुपैयाँ बराबरको सहयोग फुपु संगिता नेपालीमार्फत क्याम्पस प्रमुख क्याम्पस प्रमुख पितमबहादुर खत्रीले हस्तान्तरण गरेका छन् ।

पश्चिम म्याग्दीको एक मात्रै क्याम्पसको पुस्तकालयलाई विद्यार्थी सहित पाठकको अनुकुलका पुस्तक जुटाउने अभियानमा सहयोग प्राप्त भएको क्याम्पस प्रमुख खत्रीको भनाई छ । क्याम्पसमा पछिल्लो समय विद्यार्थीको आर्कषण बढेकाले पाठ्य साम्रागीसँग मिल्ने पुस्तकको ब्यवस्थापन आवश्यक रहेकाले सहयोग गर्न समेत क्याम्पसले अपिल गरेको छ ।

भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तीका लागी आवश्यक तयारीमा समेत जुटेको क्याम्पसमा हाल करिब २ सय विद्यार्थी अध्ययनरत छन् ।

 

Leave a Reply