---Advertisement---

गायिका अमृता सिर्पालीमाथि जापानमा दोहोरी सञ्चालकले दुर्व्यवहार

On: September 14, 2022 6:47 PM
Follow Us:

जापान भ्रमणमा रहेकी लोकदोहोरी गायिका अमृता सिर्पालीलाई दुर्व्यवहार भएको छ । सांगितिक कार्यक्रमको सिलसिलमा जापानमा रहेकी बेनी नगरपालिका वडा नं ३ भकिम्लीकी सिर्पालीलाई धौलागिरी दोहोरी साझँ जापानका सञ्चालक धन थापाले विभिन्न किसिमका टर्चर दिने गरेको बताएकी छन् । धौलागिरी दोहोरी साझँका सञ्चालक थापाको स्पोन्सरमा जापान गएकी सिर्पालीलाई गलत नजरले हेर्न, विभिन्न कार्यक्रममा सहभागी भएवापत कमिसन माग्ने तथा लगातार अनावश्यक टर्चर दिने गरेको बताईन् ।

‘मलाई विभिन्न किसिमको धम्की आउने गरेको छ,‘चरित्रमाथि नै प्रश्न उठाउने, भौतिक रुपमै आक्रमण गरेपछि अहिले असुरक्षित भएको छु’ गायिका सिर्पालीले भनिन् । उनले सामाजिक प्रतिष्ठा, सांगितिक क्षेत्रमै असर गर्ने, ब्यक्तिगत चाहना पूरा नहुदाँ भौतिक रुपमै आक्रमण गरेपछि ओशाकाको एक घरमा शरण लिएर बसेको बताईन् ।

गायिका सिर्पालीको भकिम्लीमा रहेका बुबाआमालाई समेत फोन गरी अनावश्यक टर्चर दिने गरेको गुनासो गरेकी छन् । ‘मेरो दुई महिनाको भिषा अझै छ,‘कुनैपनि बेला जेपनि गर्नसक्छु भन्दै धम्की दिएको छ,असुरक्षित बनिरहेको छु’ सिर्पालीले भनिन् । उनले आफ्नो सुरक्षाको माग गदैं मोना जापान,लोकदोहोरी प्रतिष्ठान जापान शाखालाई समेत लिखित निवेदन पेश गरेकी छन् ।

पछिल्लो समय लोकदोहारी क्षेत्रमा आफ्नो फरक पहिचान बनाएकी सिर्पाली लामो समयसम्म दिदीको उपचारमा सक्रिय थिईन् । उनकी दिदी मिना विकको उपचारको अभिायनमा समेत जापानमा रहेका म्याग्देली सहित नेपालीले साथ दिएकाले उक्त यात्रामा सबैलाई धन्यवाद सहितका कार्यक्रमहरु समेत तय भएको अवस्थामा धौलागिरी दोहोरी साझँ जापानका सञ्चालक थापाले अवरोध गर्ने गरेका थिए ।