म्याग्दीको  बेनी स्थित वेष्ट पोइन्ट विद्यालयले राष्ट्रिय स्तरको पुरस्कार जितेको छ । राष्ट्रिय बाल दिवस-२७९ को अवसरमा महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषदले आयोजना गरेको ” बाल अधिकार पर्बर्द्धनमा अभिभावको भूमिका” विषयक २ मिनेटको भिडियो प्रतियोगितामा वेष्ट पोइन्टले दोश्रो स्थान प्राप्त गरेको हो ।

देशभरबाट प्राप्त भएका भिडियोलाई छनोटगर्दै राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको हो । काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बिजेता विद्यालय लेखन र अभिनय गर्ने विद्यार्थीहरुलाई महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मीले नगद २० हजार र प्रमाण पत्र प्रदान गर्नु भएको हो ।

प्रतियोगितामा द्वितीय भएको भिडियोको कथा लेखन दीक्षित जिसीले गरेका थिए । त्यसैगरी उक्त भिडियोमा, अभिनय नरदेबी भण्डारी (कक्षा ९) बिशाल रिजाल  (कक्षा १०),  अनिश भण्डारी (कक्षा ८) बिबेक आचार्य (कक्षा ९) सन्दर्भ आचार्य (कक्षा १० ) र दीक्षित जिसी (कक्षा १०) ले अभिनय गरेको विद्यालयले जनाएको छ ।

 

Leave a Reply