गएको बुधबार आर्थिक बर्ष २०७८÷०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । गण्डकी प्रदेश अन्तरगतका ११ वटा जिल्ला अस्पतालहरु मध्ये बेनी अस्पताल म्याग्दीले ७८ अंक सहित प्रथम स्थान हासिल गरेपछि अस्पतालमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी ,कर्मचारी उत्साहित छन् । उनीहरुभन्दा धेरै उत्साहित ब्यवस्थापन पक्ष छन् । अस्पताल उत्कृष्ट भएपनि सामाजिक सञ्जालमा आएको प्रतिक्रिया तथा अस्पतालको सम्रग विषयका बारेमा बेनी साप्ताहिक समाचारपत्रले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द सुबेदीसँग गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट भएकोमा बधाई छ ।

धन्यवाद। बेनीअनलाइन तथा बेनी साप्ताहिक परिवारलाई पनि धेरै धेरै धन्यवाद । साथै यो अवसरमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नुहुने बेनी अस्पताल व्यवस्थापन समिति साथै सम्पूर्ण अस्पताल टिमको तर्फदेखि धन्यवाद दिन चाहन्छौं ।
बेनी अस्पताल उत्कृष्ट हुने प्रमुख सूचकहरु के–के छन् ?

२०७९ भाद्र २१ र २२ गते प्रदेश सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखराको प्राविधिक कार्यसमूहले गरेको सर्वेक्षण अध्ययन र अनुसन्धान साथै मूल्याङ्कनबाट यो नतिजा प्राप्त भएको हो । हामीले सेवाप्रवाहसँगै मन्त्रालयबाट तोकिएका धेरै सूचकहरुमा उत्कृष्ट हुन सफल भएका छौ ।

सूचकहरुमा उत्कृष्ट हुनु भनेका कार्यसम्पादन, सेवाप्रवाहमा समेत सहज मान्न सकिन्छ । उक्त टोलीबाट निम्न सूचकको आधारमा अस्पताललाई उत्कृष्ट घोषणा गरिएको थियो ः

* Minimum Service Standard (MSS)

* Referred

* Reporting Status

* Hospital Indicators

* Disaster Preparedness

* EWARS Reporting

* EMR Implementation

* Waste Management and Cleanliness

* Hospital’s Auction

* Supply Chain Management System

* Physical and Financial Progress

* Administrative Functions

* Hospital’s Own Income Generations Vs Expenditure

* Has Operational Complain Box

* Assigned Information Office and Shared Publicly in the Website

* Remoteness

* Annual Report

* Overall Observation Marks

* Peer’s Review

बेनी अस्पतालभित्र तपाइँ आएपछि थपिएका सेवाहरु के कस्ता छन् ?
बेनी अस्पतालभित्र मेरो व्यवस्थापन टिम आएपछि अक्सिजन १०० सिलिन्डरसम्म भर्न सक्ने ठूलो प्लान्टको स्थापना, मेटानिटी वार्डलाई टायल फ्लोरिङ गरिएको छ,रोकिएको एक्सरे सेवालाई सूचारु गरिएको छ,जेरियाटिक डिपार्टमेन्टको स्थापना भएको छ,ब्रेष्ट फिडिङ रुम निर्माण गरिएको छ, अस्पतालका सबै प्रकारका सूचनाहरु सफ्टवयरमार्फत् सञ्चालन गर्ने सुरुवात गरिएको छ । यो बाहेक पनि हामीले सेवा विस्तारमा थप सक्रियता तथा केही महिनामा थप नयाँ सेवामार्फत विरामीको उपचार गर्नेछौ । अस्पतालभित्रका सेवालाई गुणस्तरीय बनाउन हामी प्रतिबद्ध छौ

अस्पतालभित्र धेरै दरबन्दी रिक्त छ । अस्थायी संरचनाबाट सेवा दिनुपरेको अवस्थामा उत्कृष्ट हुँदा थप चुनौती महसुस भएको छैन ?
बेनी अस्पतालमा रहेका अधिकांश स्थायी दरबन्दी खाली छ किनकि धेरै डक्टरहरु अध्ययन बिदामा हुनुहुन्छ । अहिले स्थायी दरबन्दी २६ जना रहेकोमा १२ जना मात्र कर्मचारीले सेवा दिइरहेका छन् । बाँकी सेवा प्रदेश करार र समिति करारबाट दिइरहेका छौं । आउने दिनमा यस्तै अवस्था रहने हो भने अहिले प्राप्त गरेका उपलब्धीहरु जोगाइराख्न बहुतै कठिन हुनसक्छ तर पनि बेनी अस्पताल आफ्नो शाख जोगाउन भरमग्दुर प्रयत्नशील छ ।

अस्पताल उत्कृष्ट भएको समाचार सार्वजनिक भएपछि प्रतिक्रिया के पाउनु भएको छ ?
प्रदेश स्तरीय समीक्षामा हाम्रो अस्पताल उत्कृष्ट भएपछि विभिन्न सार्वजनिक मिडियामा प्राप्त भएको बधाई समाचारले हामीलाई उत्साहित बनाएकै छ । यसमा सहयोग गर्ने सबै पक्षलाई आभार व्यक्त गर्दछौं । तर, जनगुनासो पनि त्यत्तिकै छ किनकि हाडजोर्नीको समस्या लगायत अलि कठिन प्रकृतिका सेवा दिन नसक्दा साथै आइसियु रुमको सेवा प्रदान गर्न नसक्दा वा विज्ञ (कन्सल्टेन्ट)हरु नहुँदा आउने गुनासाहरु जायज छन् ।

सूचकमा उत्कृष्ट देखिए पनि सेवामा अस्पताल खस्किएको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । यसलाई के भन्नुहुन्छ ?
सामाजिक सञ्जालमा दुबै किसिमका सद्भावहरु देखिएका छन् । तर पनि अलि बढि नकारात्मक सद्भावहरु छन् । किनकि हामीसँग भएको सीमित स्रोत साधनले भरपूर रुपमा सेवा प्रदान गरेका छौं तर पनि आउने प्रक्रियालाई सुझावको रुपमा हाम्रो अस्पताल टिमले लिएको छ । यस सेवालाई पोखरामा पाउने सेवासँग तुलना गर्नु हुँदैन । हामीले उत्कृष्ट कुनै पहुँच र सक्रियताको आधारमा ल्याएको होईन अस्पतालभित्र विभिन्न जिम्मेबारीमा रहनुभएकाहरुबाट गरिएको कार्यसम्पादनबाटै नै यो नतिजा ल्याउन सफल भएको हो ।

बेनी अस्पतालको भवन अलपत्र छ । यसलाई समयमै सम्पन्न गर्न तपाइँहरुको सक्रियता कस्तो छ ?
हामी म्याग्दीबासीहरु अभागी छौं किनकि हस्पिटल हबको फ्यासिलिटीबाट हामी छुटेका छौं । यो सेवा गोरखा हस्पिटलमा पुगेको छ, यसको मुख्य कारण भौतिक संरचनाको पूर्ति नहुनाले हो । यसको पहलका लागि जिल्ला प्रशासन, सघन सहरी विकास बागलुङ, प्रदेश सरकार र केन्द्रको सरकारलाई बारम्बार पत्राचार गर्ने र अनुरोध गर्ने गरिएको छ । भवन निर्माणका लागि सरोकारवाला दवाव सिर्जना गर्न सबै पक्षसँग अनुरोध गरिएको छ । किनकि स्वास्थ्यको भौतिक संरचना सम्पूर्ण म्याग्दीबासीको साझा सम्पत्ति हो ।

भवन अलपत्र छ, ठेकदारलाई राजनीतिक, प्रशासनिक संरक्षण छ, यस्तो अवस्थामा अस्थायी संरचनाबाट कहिलेसम्म सेवा दिनुहुन्छ ?
अति नै सान्दर्भिक प्रश्न उठाउनुभयो । किनकि छाप्रा र टहराबाट बेनी अस्पतालले स्वास्थ्य सुविधाहरु जनतालाई प्रदान गरेको छ तर भौतिक संरचना निर्माण गर्न ठेक्का हात पारेका निर्माण व्यवसायीहरु विभिन्न राजनीतिक दल र प्रशासनकै संरक्षणमा गिज्याइरहेका छन् ।

हामी आशावादी छौं कि भरखर मात्रै हाम्रो हस्पिटलमा प्रदेश स्वास्थ्य कार्यालय साथै संघ कार्यालयका स्वास्थ्यसँग सम्बन्धित प्रबुद्ध व्यक्तिहरुको भिजिट भएको छ । उहाँहरुलाई हामीले ठेकदारले निर्माण कार्य नगरे निर्माण प्रक्रिया बन्द गरी अर्को ठेक्का लगाउनका लागि सहयोग गर्न अनुरोध गरेका छौं, हारगुहार गरेका छौं । उहाँहरु हामीप्रति सकारात्मक हुनुहुन्छ । जसले भविष्यमा छिटै नवनिर्मित भवनबाट सेवा सुविधा दिने कुरामा हामी आशावादी छौं ।

तपाइँको कार्यकालमा अब अस्पतालमा के कस्ता सेवाहरु थप गर्ने योजनामा हुनुहुन्छ ?
हाम्रो अस्पतालमा निम्न सेवाहरु थप गर्नका लागि कार्यहरु भइरहेका छन् – ःभमष्अब िब्दयचतष्यल क्ष्तभ ९ःब् क्ष्तभ० त्चबष्लष्लन ऋभलतचभ स्थापना गर्न प्रदेश सरकार र केन्द्र सरकारले भिजिट गरी आश्वासन दिएको छ । साथै भविष्यमा फिजियोथेरापी युनिट सेवा प्रदान गर्ने र म्याग्दी लगायत जलजला, बागलुङ र मुस्ताङका अस्पताल पायक पर्ने जनताहरुलाई सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा बेनी अस्पतालका बारेमा केही कुरा जनतामाझ राख्ने अवसर प्रदान गर्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छौं । अस्पतालले गरेका क्रियाकलापहरुलाई प्रदेश सरकार र संघ सरकारका प्रतिनिधिहरु समय समयमा उपस्थित भई दिनुभएको सरसल्लाह, सुझावप्रति बेनी हस्पिटल टिम आभार प्रकट गर्दछ । साथै, स्वदेश विदेशमा रहनुहुने तमाम म्याग्देली जनताहरुलाई हस्पिटलका सकारात्मक र नकारात्मक दुबै सुझावका लागि आभार व्यक्त गर्दछौं ।

Leave a Reply