आर्थिक बर्ष २०७८÷०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको समाचार बेनीअनलाइनमा प्रकाशित भयो । गण्डकी प्रदेश अन्तरगतका ११ वटा जिल्ला अस्पतालहरु मध्ये बेनी अस्पताल म्याग्दीले ७८ अंक सहित प्रथम स्थान हासिल गर्न सफल भएको खवर जिल्लाकै लागि खुसीको खवर हुनपर्नेमा सामाजिक सञ्जालमा अस्पतालको सेवालाई लिएर चर्को आलोचना भयो ।

समाचार प्रकाशित भएको केही मिनेटमा अस्पतालमा बिरामीले सेवा लिने क्रममा भोगेको समस्याहरू समेत पोख्न थाले । उत्कृष्ट अस्पतालका दुई वटा पोष्टमा ५ सयभन्दा धेरै प्रतिक्रियामा अधिकांस अस्पतालभित्रको सेवामा सर्वसाधारणले आक्रोश पोखेका छन्।आफुँले सामान्य उपचारका लागि समेत धेरै सास्ती खेप्नुपरेको गुनासो सर्वसाधारणको छ ।

गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा समाचारमार्फत सामाजिक सञ्जालमा राख्दा अस्पतालबाट प्रदान हुने सेवामा बिरामीको प्रतिक्रियाले निकै सकस भएपनि सेवाप्रवाहको क्रममा केही चिकित्सक र स्वास्थ्यकर्मीको रुखो बोली, सेवा प्राप्तीमा असन्तुष्टी लगायतका बारेमा अस्पताल प्रशासनले सामाजिक सञ्जालबाट समाना गदैं आइरहेको छ।

अस्पताललाई उत्कृष्ट घोषितलाई सामाजिक सञ्जालमा प्रक्रिया जनाएका धेरैले आफुँले नै भोगेको समस्या भन्दै अस्पताललाई उत्कृष्ट घोषित ब्यवहारमा पुष्टी गर्न चुनौती दिइरहेको स्पष्ट देख्न सकिन्छ।

सामाजिक सञ्जालमा जमुना लामिछानेले बिरामी बच्चा लिएर जाँदा राती किन आएको भोली आउनु भन्दै एक स्वास्थ्यकमी झर्किएको अस्पताल उत्कृष्ट भन्दै ब्यङ्य गरेकी छन् । उत्कृष्ट अस्पताल घोषित समाचारबाट सेवाप्रवाह सहित अस्पतालभित्र बिरामी र आफन्तले भोगेको समस्या भन्दै आएका प्रतिक्रियालाई अस्पताल ब्यवस्थापन समितिले समेत चासो देखाएको छ ।

बेनी अस्पतालले निर्माणधिन अस्पताल भवन अलपत्र परेको अवस्थामा अस्थायी संरचनाबाट दिइरहेको सेवा, दरबन्दी अनुसारको जनशक्तीका अभावमा समेत अस्थायी दरबन्दीका बिच अस्पतालबाट प्रवाह भएको सेवाहरू उत्कृष्ट रहेको ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले बताए । ‘बिरामीको गुनासोलाई सम्मान गछौं,‘सेवाप्रवाहमा केही कमजोरी भएपनि चिकित्सकहरूको मेहनत धेरै छ’ अध्यक्ष सुबेदीले भने ।

उनले सामाजिक सञ्जाल प्रयोगकर्ताको गुनासोलाई सम्मान गदैं सेवाप्रवाहमा थप जिम्मेबारी हुने बताए । उनले सूचकमा उत्कृष्टले थप सुविधा थप गर्न आवश्यक पहल गर्न सकिने बताए ।सेवाका बिषयमा सामाजिक सञ्जाल टिकाटिप्पणी र नकारात्मक कुरा हुनुपुर्व उत्कृष्ट मापनका बिधी बारेमा जानकारी लिन समेत अस्पतालको अनुरोध छ ।

डिजिटल ‘सामाजिक सञ्जाल’को रूप ग्रहण गरेको अवस्थामा जाने–बुझेको, भोगेको हरेक विषय र घटनामाथि आलोचनात्मक दृष्टिकोण राख्न सक्ने भएकाले प्रतिक्रिया र सेवालाई तुलना गर्न सक्नुपर्छ जुनअस्पतालका लागि ठूलो पृष्ठपोषक पनि हो । सामाजिक सञ्जालमा प्रतिक्रियालाई बनावटी भन्दै तर्किने प्रयास गरेमा सेवाप्रवाह खस्किने मात्रै छैन दिर्घकालिन असर समेत गर्नेछ ।

Leave a Reply