आउँदो संसदीय निर्वाचनमा गठबन्धनको तयारीमा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितको पाँचदलीय गठबन्धनको सिट बाँडफाँटमा एक मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दी कांग्रेसको कोटामा पर्ने करिव निश्चित भएको छ । गठबन्धनको ठूलो दल नेकपा माओवादी केन्द्रले बागलुङ, गोरखा र लमजुङ जिल्ला रोज्ने निश्चित भएसँगै धौलागिरी भित्रका तीन जिल्ला म्याग्दी, मुस्ताङ र पर्वत कांग्रेसको कोटामा पर्ने भएको हो ।

तीनै जिल्लामा एक मात्रै निर्वाचन क्षेत्र रहेको छ । गठबन्धनको कार्यदलका सदस्यहरुका अनुसार अहिलेसम्म ११० सिटको भागबण्डा टुंगिएको अवस्थामा गण्डकीका ११ जिल्लाको भागबण्डा करिब–करिब टुंगिएको बताइएको छ ।

गठबन्धनकै कारण गठबन्धनकै सबैभन्दा ठुलो दल कांग्रेसले बागलुङ गुमाउने निश्चित जस्तै भएको अवस्थामा म्याग्दीका लागि कांग्रेसलाई निश्चित देखिएको एक नेताले बताए । ‘म्याग्दी कांग्रेसलाई पर्ने निश्चित देखियो, अव उम्मेदवार छनौट गर्न मात्रै बाँकी छ’ नेपाली कांग्रेस म्याग्दीका एक नेताले भने । गठबन्धनका नेताहरुले औपचारिक रुपमा घोषणा नगरेपनि म्याग्दीको प्रतिनिधिसभा र प्रदेश क वा ख माओवादी केन्द्रले पाउने छ ।

माओवादी केन्द्र सहित एकिकृत समाजवादीले समेत दावी गरेकाले प्रदेश क अझै अलमलमा परेपनि प्रदेश ‘ख’ माओवादीको भागमा पर्नेछ । गठबन्धनको कार्यदलले प्रतिनिधिसभा सदस्यमा परेको पार्टीले गठबन्धनको अर्को दलले रोजेको प्रदेशसभा सदस्यमा सहमति जनाउने गरी छलफल टुंगोमा लगाउन खोजेकाले यसपटक माओवादी केन्द्रले आफ्नो प्रभाव मानिएको पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिका पर्ने क्षेत्र रोज्ने निश्चित छ ।

म्याग्दीमा गठबन्धन भएर प्रदेश ख बाट माओवादी तथा प्रतिनिधिसभा र प्रदेश क नेपाली कांग्रेसको भागमा परेमा गठबन्धन र नेकपा एमालेको भिडन्त रोचक देखिने निश्चित छ । स्थानीय सरकारमा बलियो पटक जमाएको नेकपा एमालेलाई सत्ता गठबन्धन भएमा भारी पर्ने देखिन्छ भने गठबन्धनलाई पनि स्थानीय तहको तालमेलमा हेल्चेक्राई गरेको परिणाम आसन्न चुनावमा सामाना पनुपर्ने अवस्था देखिएको छ ।

गण्डकीमा प्रतिनिधिसभाका १८ वटा निर्वाचन क्षेत्र रहेकामा ३ वटा निर्वाचन क्षेत्र कास्कीमा मात्रै छ भने दुईवटा निर्वाचन क्षेत्रका भएका जिल्लामा तनहुँ, स्याङ्जा, गोरखा, नवलपुर र बागलुङ हुन । म्याग्दी, मुस्ताङ, पर्वतलमजुङ, मनाङ, चाहिँ एउटामात्र निर्वाचन क्षेत्र छन् । माओवादीका लमजुङमा महासचिव देव गुरुङ, बागलुङमा देवेन्द्र पौडेल र माओवादीसँग तालमेल गरेको गोरखाबाट डा. बाबुराम भट्टराई सहितका नेताहरु चुनावी मैदानमा उत्रिने भएका छन् । य

Leave a Reply