म्याग्दीको मालिका गाउँपालिकाले म्याग्दी नदीबाट अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको जफत गरी लिलामबिक्रीको प्रक्रिया अगाडी बढाउने भएको छ ।

विभिन्न ब्यक्ति र समुहले लुकिछिपी म्याग्दी नदी, भारवाङ घाट, सावटा लगायतका स्थानमा थुपारिएको नदीजन्य बस्तुको गाउँपालिका अनुगमन समितिकी संयोजक लक्ष्मीदेवी घर्ती मगर पुनको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका टोलीबाट अनुगमन गरिएको थियो । अवैध संकलन गरिएको नदीजन्य बस्तुलाई जिल्ला दररेट अनुसार लिलाम गरिने गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

‘नदीजन्य बस्तुको उल्खनन्लाई कडाई गरिएको छ,‘मागदावी गर्न आउन सूचना जारी गरिएको छ’ गाउँपालिका अध्यक्ष गर्बुजाले भन्नुभयो । उत्खनन् गरिएको नदीजन्य बस्तुमा प्रयोग गरिएको उपकरण सहित जरिवाना तिर्न समेत गाउँपालिका अध्यक्ष गर्बुजाद्धारा जारी सूचनामा उल्लेख छ ।

ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएको नदीजन्य बस्तुको आवश्यक प्रक्रिया पुरा गरी जफत गर्न नियमित अनुगमन समेत गरिएको छ ।साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्यांकन विपरित उत्खनन् गरिएको बालुवालाई लिलाम विक्रि गरी थप कडाई सहित विना अनुमति बस्तु निकाल्न नदिने गाउँपालिकाले जनाएको छ । बर्षातको समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै ब्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्ने बेच्ने गरेका छन् ।

Leave a Reply