---Advertisement---

विप्लवका नेता-कार्यकर्ताविरुद्धको मुद्दा खारेज

On: September 15, 2022 5:41 PM
Follow Us:

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्धका मुद्दा खारेज गर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णयलाई नेकपाले स्वागत गरेको छ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पार्टीको धारणा सार्वजनिक गर्दै भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक एवम् अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने निर्णय गरेको हो।

उनले भनेका छन्, ‘सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्ययन गर्न मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले तीन बुँदे सहमति कार्यान्वयनलाई गुणात्मकता प्रदान गरेको छ।’ तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच ३ बुँदे सहमति भएको थियो।

हेर्नुहोस् नेकपाको धारणा: